Skip to content

संसारकै गञ्जागोल र पीडामै विलिन हुनु नै मान्छेको रचना भएको किमार्थ हुन सक्दैन । मान्छे महात्मा हुन अझ देवता हुन आदर्शले झकिझकाउ हुन संसारले सिँगारिन नै संसारमा रचनामा आएको हो । अनुशासनमा र नियममा रहिदिने हो भने मान्छे कस्तो हुन्थ्यो त र संसार ! ऐलेको मान्छे महात्मालाई किन लखेट्छ ? तपस्याको अपव्याख्या गर्दै आफैं अन्त्य हुँदैछ ।

रामबहादुर वमजनलाई किन लखेट्नु, ती ऋषि जसले अक्षरका आराधनाहरू, सु्रति-स्मृति, वेद-उपनिषद् दिए तिनलाई किन लखेट्नु, किन अस्वीकार गर्नु ? के याज्ञ वल्क्य फेरिको रचनाले पाउला ? वशिष्ट, विश्वामित्र ।
निन्दा मात्रै गर्नु ?

अर्कालाई अस्वीकार गर्दा, आफू पनि अस्वीकारमा परिएला कि ? व्यक्तता अव्यक्तताकै मान्छेको स्थान हो, सायद भागवत गीताकै व्याख्या । मान्छेलाई आफ्नो स्थानको पत्तो छैन व्यक्तता ? मान्छेको मरण के हो, जन्म नै के हो । जन्म त कर्मफल हुन सक्ला ? आफ्नो मृत्यु जान्नेलाई नै जान्ने भन्नु उचित्त होला । योगी नरहरिनाथ, खप्तड बाबा नयनराज पन्त, संसारको भविष्यवाणी गर्ने आदि इत्यादि । बाबा खप्तड भन्छन् मान्छे परमेश्वर प्राप्ति नै हो ।

अष्टाबक्र र राजा जनकको संवाद याज्ञवल्क्य र गार्गीको भीष्म पितामहको भनाइ भगवानलाई पाउन नसकेर नित्सेले यथानाम भने …….. भगवान् श्री रामचन्द्र र वशिष्टको आपसी कुराकानी पनि उत्तिकै महफ्वपूर्ण संवाद छ तर यी आदि इत्यादि कसैले पनि निश्चित साथ के हो भन्न सकेका छैनन् ।

म्लेच्छहरूले त आफू मरेको घोषणा नै गरे ।

आफ्नो लाज छोप्न अर्कालाई अस्वीकार गरे ।

वैदिक दर्शन इतिहास वा साहित्य आफैंमा कति महान, उच्च, आदर्शको ज्ञान दिने अँध्यारोमा प्रकाश दिने शास्त्र नै भनौं ।

मान्छे कर्मफल भनेर मान्छेलाई होसियार पारेको छ । मान्छेले लिन सक्नु नसक्नु उसकै कुरा हो । वैदिक दर्शन जसलाई हिन्दू दर्शन पनि भन्ने गरिन्छ, समस्तको दर्शन विश्व दर्शन, हिन्दू दर्शनले पुकारे पनि हिन्दू दर्शन सङ्कुचित छैन, हिन्दुस्तानको मात्र या हिन्दूहरूको मात्र भनेर । यो त विश्वकोश नै सोपनदायर उपनिषद्सँग लालायित र लज्जित हुन्थे ।

दर्शन शास्त्रले पनि मान्छेलाई सृष्टिको कुरा भन्न नसकेकोमा ताजुप छ या त मान्छेले त्यो शक्ति लिन सकेन । धर्मशास्त्र, हिन्दू दर्शन, तपस्याका आधार नमानी कल्याण हुँदैन । भक्त धु्रव, भक्त प्रहृलाद भक्त हरिश्चन्द्र यसका उत्कृष्ट उदाहरण हुन् नै ।

एउटा यस्तो युगाको कल्पना कसरी गरे ती महषिर्ले जसमा उल्लेख भएको अवस्था ऐले ठ्याक्कै मिलेको छ । यो युग र आगामी पतितको हो र पतनता नै अहिलेको विशेषता ःविश्वको डरलाग्दो अवस्था पापको अवस्था देखाइएको छ । अबको युगमा अब उज्यालो हुनै सक्दैन भनेको छ ‘तमसोमा ज्योतिर्गमय’ अबको युगले के गर्ला ?
आफूलाई अति माथिल्लो प्राणी सम्झने अबको मान्छेको असफलता, निरर्थकता र पतनमा ताजुपमा पर्छु ।

अब त मान्छे विकास र विनासको केन्द्रबिन्दु भएकोमा मान्छे नै अबको पतन अवस्था ! यसलाई कसरी चित्रण गर्ने ? मान्छे शून्यमा हराउने तफ्व त होइन । मान्छेलाई देव दुर्लभ भनेको धर्मले, देवताले नपाउने चोला भएर जसलाई कर्मफल नै भने हुन्छ कि ? मान्छेलाई अहिलेसम्म कसैले बुझ्न सकेन -यो प्रति गहिरो केही रहेन अनन्त र अन्त्यहीन ।

आश्चर्य छ, मान्छे भाग्यको कठपुतली भयो – भाग्यको सिकार हुन पुग्यो । यो दुनियाँमा यस्ता धेरै मान्छेको चित्र देखिएको छ, एउटासँग अर्को मतान्तरमा रहन्छ, एउटाको रुची अर्कोसँग विरोधी छ ।

एउटाको भाग्य अर्कोसँग मतान्तर छ- एउटा अति सम्पन्न अर्को अति विपन्न । यो अवश्य नै कर्मफल हो । मान्छेले अन्तरिक्ष यात्रा सुरु गर्‍यो । यसबाट संसारले के पायो ?

मान्छेले टेस्ट ट्युव बेबी बनायो यसबाट के जनसङ्ख्याको वृद्धि नहोला ? प्राकृतिक र अप्राकृतिकभन्दा पनि कृत्रिम नै । कृत्रिमता जस्तो डरलाग्दो के होला ।

मैले त ठानेको थिएँ मान्छेले अर्को चन्द्रमा बनायो । स्वामी विवेकानन्दले भने शिक्षा र मान्छेको उद्देश्य नै प्रकृतिमाथि विजय पाउनु । वषर्ा नभएर अब चाँडै अनिकाल हुँदा पनि केही गर्न नसक्ने मान्छेको केको स्वाङ ? मान्छे विनासतिर गइसकेको छ, तर कुरो भने प्रगति र उन्नति र प्रगतिशील अनि उच्चशीलका कुरा गरी टोपल्छन् । शङ्कराचार्यले मिथ्या जगत् भनेको अस्वीकार मात्र गर्दैछन्, प्रमाणित गर्नसकेका छैनन् । अबको संसारको भयावहतामा जबरजस्ती सुन्दरता थोपर्दै छन् । संसारको विस्फोटक सुन्दरतालाई सृष्टिको सुन्दरतालाई अकृत्रिम बनाउन कसरी सक्लान् अबकाले । आणविक परीक्षण, अन्तरिक्षको नयाँ नयाँ प्रयोगले संसारलाई दूषित पारेपछि साहित्य र कला पनि त यसबाट वञ्चित हुनसक्ला ?

मैले त सृष्टि नै असफल देखेको छु, अतः विनासको अर्को अवस्था के हुनसक्ला ? मान्छेले महात्मा नभई सुखै छैन- मान्छेलाई भगवानले त्यो दीव्यता नदिई सक्दैसक्दैन । भगवान्ले आफूलाई सफल बनाउन पनि मान्छेको सृष्टि गरेकै हुन् ।

समाजको नीचता र दुष्टताबाट विनास र उत्कृष्टता र उच्चताबाट प्रलयले अर्को अवस्था लिनु नै सृष्टि हो । सुन्दरता र सृष्टिकै के अर्थ ?

शनिबार, गोरखापत्र
सेप्टेम्बर १२, २००९

Leave a Reply

Your email address will not be published. Required fields are marked *