Skip to content

भित्र भित्र गाउँलेको मन रुन्छ
दाइ यो साँढे नपाले के हुन्छ ?
कैले दाम्लो छिदाल्छ
कैले किलो उखेल्छ
कैले गरालो भाच्छ
कैले बाच्छा बाच्छिलाई सताउँछ
कैले आतङ्कित बनाउँछ
कैले पाडा पाडी मिच्छ
कैले भित्तामा उघिन्छ
भित्र भित्र धेरैको मन रुन्छ
दाइ यो साँडे नपाले के हुन्छ ?
भुइ बुटाको घाँस यसैले खायो
अरूलाई हरिकंगाल बनायो
भुस पीठो यसैले पायो
विदेशको नून भिटामिन यसैले खायो
पचोस नपचोस सबै चपायो
जसले पाल्यो उसैलाई नाङ्गो बनायो
यसको गोबरले गाउँनै गनायो
लुकाई लुकाई मीठो यसैले पायो
धेरे विकास यसैले खायो
भित्र भित्र गरिबको मन रुन्छ
दाइ यो साँढे नपाले के हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *