Skip to content

म आँखाभरि गुलाबी सपना देख्थेँ
र, भन्थेँ
लौ है, अब त लोकतन्त्र आयो
सारा जनताले सुखको सास फेर्न पाउने भएँ
चौतर्फी विकास र उन्नति भएको हेर्न पाउने भए
नेताहरु फेरिएका छन्, नेतृत्व पनि फेरिएको छ
आशा फेरिएका छन्, अभिलाशा फेरिएको छ
अझ, धेरैको नाम र परिभाषा पनि फेरिएको छ,
अब त किन हुँदैन र सुख, शान्ति ?
किन फुल्दैनन् लालीगुराँस र सयपत्री ?
तर, उसले लोपार्दै भनेको थियो
इस् मूला ।

र पनि, मैले अहँ कत्ति पनि हरेश खाइनँ
फाटेको मन तुनिरहेँ, ईन्द्रेणी सपना बुनिरहेँ
कहिल्यै बिरह र बेदनाको गीत पनि गाइन
तर हेर्दै जाँदा, यो दुनियाँ देख्दै र भोग्दै जाँदा मैले
सिर्पm, सडकमा लोकतन्त्र मज्जाले फस्टाएको भेटेँ
मात्र, कागजको ठेलीमा विकास र उन्नति भएको देखेँ
सुखको पर्यायमा कुण्ठा र क्रन्दन अग्लिएको भेटेँ
शान्तिको स्थानमा बेइमान आकासिएको देखेँ
सिर्फ, अभाव र गरिबी मोटाएको भेटेँ
अन्योल र अस्तव्यस्तता चुलिएको देखेँ
मुलुकमा अराजकता झाँगिएको र
वेच्छाचारिता मौलाएको देखेँ
र, देखेँ समृद्ध सुख शान्ति
परको मधुरो क्षितिजमा
तव, उसको कुरा सम्झिएर
म नमज्जाले झस्किएँ,
लौ, कसरी नपत्याउँ ?
तपाई आफैँ भन्नुस् त
के अब आफैँलाई भन्नु परेन
उसले जस्तै ‘इस् मूला’ ?

2 thoughts on “इस् मूला”

  1. nice poems
    तर, उसले लोपार्दै

    nice poems
    तर, उसले लोपार्दै भनेको थियो
    इस् मूला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *