Skip to content

चिनजानको एउटा पुलिस मित्र छ जो अहिले जेलभित्र छ ।

उसले लगाउने टोपी
देशको नेताले हरेर लग्यो
उसले पहिरिने बर्दी
देशको कानुनले मिचेर लग्यो
उसको हातमा नाच्ने लठ्ठी
आन्दोलनकारीहरूले भाँचिदिए
उसको पेस्तोल, बन्दुक
आतंककारीहरूले फ्याँकिदिए

उसँग केही रहेन
भएको एउटा मनले
स्वास्नी र छोराछोरी सम्झ्यो
रोगी आमाबाबु सम्झ्यो
आफ्नो कर्तव्य र कसम पनि सम्झ्यो
त्यति नै खेर
सबलाई पल्टनबाजी खुवाएर
उसको भोको पेट करायो
निःशस्त्र/निर्वस्त्र
उसको अघि उसैले समाएका
चोर, डाँका, अपहरणकारी र ज्यानमारा थिए
उसको बर्खिलापमा सबै हाँसिरहेका थिए ।

उसले घोत्लिएर अतीत सम्झ्यो
अघि जाने बाटो र विकल्प सोच्यो
देखेन तर केही देखेन
कारण
उसको आँखा अपराधीहरूले लगिसकेका थिए
मौकामा चौका हानेर
निस्िकएका छन् अपराधीहरू, खुला सडकमा
र,
उसलाई छोडिएको छ जेलमा ।

हामीलाई चिन्ता बढेको छ
सर्वसाधारणको सुरक्षा कसले गर्ने ?
हामीलाई साह्रै पीर लागेको छ ।

नेपाल साप्ताहिक २६१

2 thoughts on “पुलिस जेलभित्र छ”

  1. उसँग केही रहेन
    भएको एउटा

    उसँग केही रहेन
    भएको एउटा मनले
    स्वास्नी र छोराछोरी सम्झ्यो
    रोगी आमाबाबु सम्झ्यो
    आफ्नो कर्तव्य र कसम पनि सम्झ्यो
    त्यति नै खेर
    सबलाई पल्टनबाजी खुवाएर
    उसको भोको पेट करायो
    निःशस्त्र/निर्वस्त्र
    उसको अघि उसैले समाएका
    चोर, डाँका, अपहरणकारी र ज्यानमारा थिए
    उसको बर्खिलापमा सबै हाँसिरहेका थिए

    Ramro lagyo

Leave a Reply

Your email address will not be published. Required fields are marked *