Skip to content

म परदेशिनुको आशय

  • by

करुण चित्कार मनमा लिएर
आँशुका थोपाहरूलाई
मुटुको घडामा समेट्दै
बन्धकी हाँसो उकास्न
म परदेशिएको मान्छे ।

बिवसता मेरो नजिक थियो
त्यो क्षण ,
अनि पीडा आफन्त थियो
त्यो पल,
शायद समस्याले जकडिएको
त्यो समयमा आफ्नाहरू पनि
तर्किएर बैरी बने होलान,
मन भौंतारिएर आश्वासनको खोजीमा थियो
शान्त्वनाको पुल बाँधिदिने हातहरू
सुन्यतामा हराए शायद ,
हो यस्तै बाध्यताहरूको कसीमा
आफूलाई बाँधेर म परदेशिएकी छु।

बैरी र अवसरबादीहरूलाई आकर्षणको
फूल चढाउन
म टाढा आइपुगेकी छु ,
मेरो टाडिनुको अर्थ हो
म आकर्षक बनुँ 
जस्लाई फेरि बैरी मनहरूले
श्रद्धा र आफ्नोपनको आँखाले नियालोस
घृणा र हिनभावनालाई पखालेर
एउटा जीवित मान्छे बनोस।
 
(अमेरिका )         

Leave a Reply

Your email address will not be published. Required fields are marked *