Skip to content

दशैंको टिका थापन यसपाली

दशैंको टिका थापन यसपाली घर फर्की आउँ चेली
आघौं र पराघौं भन्दामा भन्दै नगर तिमी धेर झेली

दिनू र खानु त केछर चेली आशिष थापन आऊँ
आघौं र पराघौं नभन चेली यही सालमा फर्की आऊँ

धनको लागी पराईको देशमा नसुकाउँ चेली पसिना
निर्धोको भागमा सधैं’नै चेली पर्दछ दु:खको असिना

गाउँघरका तिम्रा सङ्गीले पनि सोध्धै थिएँ तिमीलाई
कान्छो भाईले पनि भन्दैथ्यो आमा डाँकन दिदीलाई

आफन्तदेखी दूरको देशमा लौ धेरै नबस चेली तिमी
न’तिम्रो भोक’न तिम्रो तिर्खा बुझ्दछौ त्यहाँ हामी

रुखो र सुखो जे जूट्छ चेली खाऔला सबै मिलेर
चाहिदैन धनको लौ भारी चेली नबस नेपाल भूलेर

गीता थापा (दोषी)
ईजरायल

2 thoughts on “दशैंको टिका थापन यसपाली”

  1. Geeta ji happy dashain ko
    Geeta ji happy dashain ko sathma hajurle lekheko yo kabita rochak chha
    दशैंको टिका थापन यसपाली घर फर्की आउँ चेली
    आघौं र पराघौं भन्दामा भन्दै नगर तिमी धेर झेली
    khusi lagyo dashain khusi sanga bitos man ma harsha ullahs le yo saal ko dashain borsana nasakne hos..

    wish u very happy dashain

Leave a Reply

Your email address will not be published. Required fields are marked *