कहिलेकाहीं बिर्खुरामलाई अनेक सुर चढ्छ । यो चोटी उसलाई झारफूक गर्ने विद्या सिकेर ठूलो धामी झांक्री वन्न रहर लाग्यो । गाउँकै लट्टे धामीसँग शिक्षा लिने विचार गर्यो । लट्टे धामी पनि एकदम प्रख्यात झाँक्री मध्ये पर्थ्यो । हुन पनि हो कोही बिरामी भयो कि रातरात नभनी तुरुन्त पुग्थ्यो । अनि अचम्मको कुरा बिरामीलाई के भको ठ्याक्कै पत्ता लगाथ्यो । बिर्खुरामलाई अचम्म लाग्थ्यो घरिघरि ।
एकदिन लट्टे धामीलाई मुडमा देखेर बिर्खुरामले सोध्यो, “गुरुजी कसरी तपाई मान्छे बिरामी हुनुको कारण पत्ता लगाउनु हुन्छ?”
लट्टे धामीले हाँस्दै भन्यो, “हेर अलिक दिमाग लाउनु पर्छ । जस्तै त्यसको घर वरिपरिको वातावरण हेर्नुपर्छ । उसले के खाएको थियो भने मनमनै पत्ता लगाउने कोशिस गर्नु पर्छ ।”
बिर्खुरामले आँखी भौँ उचाल्दै अचम्म मान्दै सोध्यो, “अनि आज पल्लो गाउँको ध्वाँसेले केराउ खाएर पेट दुखेको भनेर कसरी पत्ता लगाउनु भयो त ?”
लट्टे धामीले लट्टा मुसार्दै भन्यो, “हे मुर्ख! अलिक दिमाग लगाउनु पर्छ भनेको होइन । यसो बिचार गर्दै थिए ध्वाँसे सुत्ने खाटमुनि दुई चार वटा केराउका बोक्रा थिए क्या बुद्दु । ए बिर्खुरामले बुझेर टाउको हल्लायो ।”
बिर्खुराम लट्टे धामी संग विद्या सिक्न थालेको धेरै हुन लागेपछि बिर्खुराम कतिको जान्ने भएछ भनेर लट्टे धामीले परिक्षा लिने विचारले डाँडा गाउँको धुर्तमान विरामी भएको सुनेपछि बिर्खुरामलाई एक्लै पठायो । बिर्खुराम पनि के हुने हो मेरो विद्या सफल हुने नहुने हो दोमन हुँदै डाडा गाउँ धुर्तरामकोमा पुग्यो, धुर्तरामको निधार छाम्यो नाडी छाम्यो। तर नजर भने कोठाको वरिपरि घुमाउँदै गुरु विद्यालाई उपयोग गर्दै थियो । अचानक बिर्खुराम आफ्नो झोला बोकेर कसलाई केही नभनी हस्पाङ्ग फस्याङ्ग गर्दै आफ्नो गुरु लट्टे धामीका पुग्यो र आतिदै भन्यो, “गुरुजी गजब भयो आज ।”
“के भयो बिर्खु किन आतिएको ?” लट्टेधामीले सोध्यो ।
बिर्खुरामले छिटो छिटो सास लिदै भन्यो, “धुर्तरामले त कुकुर खाएछ ।”
“के भन्छ यो कसरी हुन्छ ?”
“किन नहुनु ऊ सुतेको खाटमुनि कुकुर बाध्ने साङ्गलो मात्र थियो ।”
लट्टे धामी चक्कर लागेर त्यही लड्यो । बिर्खुराम विस्तारै फत्फतायो “धामीका सन्तान” ।
dherai ramro.
dherai ramro.
कथा धरै राम्रो लाग्यो
कथा धरै राम्रो लाग्यो
कथा धरै राम्रो लाग्यो
कथा धरै राम्रो लाग्यो
nice
really nice….funny
जे होस् यो कथालाई मान्नै पर्छ
जे होस् यो कथालाई मान्नै पर्छ गजब लग्यो