Skip to content

यो दसैं

दसैं अली पर सरे नि हुन्थ्यो
दशा यो लौन टरें नि हुन्थ्यो

ऋणको थुप्रो पोहोरको उस्तै छ
कसैले आममाफि गरें नि हुन्थ्यो

दु:ख हर्छौ रे माथि कही छौ रे
हे भगवान तल झरें नि हुन्थ्यो

भोका र प्यासा लाला र बाला
कसरी हेर्नु मै मरे नि हुन्थ्यो

आशिष दिन्छौ रे पुज्नेंहरुलाई
सबैलाई बराबर भरे नि हुन्थ्यो

दसैं अली पर सरे नि हुन्थ्यो
दशा यो लौन टरें नि हुन्थ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *