Skip to content

हर पल सपनामा आउने उनीलाई
पल पल सम्झनामा छाउने उनीलाई
कल्पनामा मुटु मेरो छुने उनीलाई
सम्झना छ धेरै धेरै मेरी उनीलाई
 
गाउँबेसी मेला पातमा सुसेला लगाउँदै
घाँस दाउरा गोठालामा मलाई नै बोलाउँदै
हाट बाजार रोडी घर मा इशारा लगाउँदै
मिलनको कल्पनामा सपना सजाउँदै
 
सम्झनामा हरेक पल मलाई सताउनेलाई
समझना छ धेरै धेरै मेरी उनीलाई
 
दिलको ढोका उघारेर दिलमै सजाउनलाई
उनी हिड़ने बातो भरी यही दिल ओछ्याउनलाई
फूल टिपी जाई जुही केस सजाउनलाई
चौबन्दी र फरियामा उनलाई सजाउनलाई
 
सम्झेको छ भनिदिनू मेरी उनीलाई
सम्झना छ धेरै धेरै मेरी उनीलाई

लखनपुर ३ झापा, नेपाल ,
हाल बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *