Skip to content

मेरो अंग-अंग तिमी

  • by

हुन्छ भने दिन्छु माग मेरो अंग-अंग तिमी
बिन्ती गर्छु नछर है जवानीको रंग तिमी ॥
              
हिम्मतसँग हातेमालो दुश्मनसँग नाझुक्नु है 
झुटो मायाँ लाउनेसँग नहुनू है दंग तिमी ॥
             
मिठो बोली जो कोहीले बोल्छन् स्वार्थ लुट्नलाई
ठाढै बरु प्रतिकारमा साहस बोकी जंग तिमी  ॥
               
समयमा बिचार पुर्याई शतर्क भइनौ भने
तनाबको गोली लागी हुन्छयौ अंग भंग तिमी   ॥

पृथ्बीनारायण नगर पालिका-१०
गोरखा ।

हाल -दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *