मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
शुभकामना!
Bantawabj — Thu, 10/01/2009 - 07:29
तिम्रो मन महासागर हो,
सदा माछा भै आउनेलाई बास दिनु
अनि आहारा दिनु तिम्रो धर्म।
तिम्रो हृदय मन्दिर हो,
आशा बोकी आउने भक्तहरुलाई
उमंग र उत्साह दिनु तिम्रो धर्म।
तिम्रो बोली सञ्जीवनी हो,
आफन्तकै दुनियाँबट टाढिएका
जिउँदोलाशलाई ब्युँताउनु तिम्रो धर्म।
त्यसैले तिमीलाई म भन्छु
तिमी त्यो दोषी हैनौ,
ह्रिदयमा बास दिनेहरु सदा कोमल रहन्छन।
त्यसैले म तिमीलाई भन्छु।
तिमी लुटिनु तिम्रो गल्ती हैन,
लुटिनेहरु सदा धर्ती झैं खुला रहन्छन।
त्यसैले म भनिरहन्छु
जिउँदो लाश ब्युँताउनेहरु
साबित्री झै सदा सदा पबित्र रहन्छन।
तिमीले जती पनि निभाएका छौ,
त्यो भुमिका निभाउन कसैले सक्दैन
तिम्रा जतिपनि पाईलाको गलत
अर्थ लगाउने ब्यक्ती ऊ शायद गलत छ।
तिमी त केवल सहारा दिंदा दिँदा सहारा रित्तिएको,
खुशी बाँडदा बाँडदा आफनै खुशी नै सिद्धिएको,
त्यो दानी अनि अरुले पाउनु पर्ने चोट आफैले खप्दा-२
चोटै चोटले सजिएको घाँईते सिपाही
जसको मल्हम पट्टी सम्म बाँध्न नसक्ने
यो स्वार्थी दुनियाँ।
उनीहरुको पाप तिमी मा थोपरेर
पुन्य कमाउने यो दुनियाँको निम्ती
आज तिमी आफ्नो अडिग निर्णय लिनु।
तिमीले दिएको उपहारहरु कसैले नदेखुन,
तिमीले दिएको ममता कसैले नबुझुन,
तर ति तिम्रा बलिदानहरु बुझिने छ।
तिमी आज निरिह भएर जहाँ उभिएका छौ।
तिमी आज बेसहारा सम्झिएर निराशिएका छौ।
तिम्रा आशाका महलहरु पनि शायद जलिसकेको हुनु पर्छ।
तिम्रा बलिदानले दिएका चोटहरु।
स्वार्थी दुनियाँले निकालेका खोटहरु
कुल्चिएर अघि बढ तिम्रै निम्ती गन्तब्य
उभिएको छ ह्रिदयभरी मायानै माया सजाएर।
तिम्रो हरेक पलको अमर गाथा कोर्न।
तिम्रो रित्तिएको शिउँदो भर्न,
अनि तिमी सँग, संगै जिउन अनि सँगै मर्न,
मात्र एकजनम नभएर सयौं जनम
जति जनम तिमी लिन्छौ त्यती नै जनम
तिम्रो सहयात्री बनेर तिम्रो गन्तब्य उभिएको छ।
अब कुल्चिएर हिंड, सबै दोषहरु
तोडेर हिंड सम्पुर्ण तिमीलाई छेक्ने पर्खालहरु।
गन्तब्य तिम्रो पर्खाइमा आफ्नो हात फिजाएर
न्यानो अँगालोमा बाँध्न पर्खी रहेछ।
तिमीले जति भोग्यौ सबै त्यो तितो भोगाईलाई
आजै समाप्त गरिदेऊ, आजै टाढा फ्याँकीदेऊ,
तिम्रो जिबनमा फेरी फेरी खञ्जर भएर नआवोस।
त्यो तिम्रो तितो अतित कहिल्यै नदोहोरियोस
तिमी आफ्नो खुशीको गगनमा उड्ने त्यो चरी बन्नु
तिमीलाई शुभकामना! तिम्रो निम्ती
इस्वरसँग लाख लाख
बन्दना।
बि जे बान्तवा राई
भोजपुर/ कोशी
http://bhojpures.blogspot.com
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- उक्त कविता महोत्सवको पुरस्कार
18 hours 51 min ago - hlw
21 hours 32 min ago - Very Nice
3 days 10 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 6 hours ago - गलत होइन
1 week 7 hours ago - very ice creation.. keep it
1 week 8 hours ago - Good
1 week 8 hours ago - .Thanks
1 week 15 hours ago - Pratikritiya dinu vaekoma
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- घर
- हाइकुहरु
- सुनपानीले छर्क मायालु
- अझै सम्म बाँचेको छु
- जसलाई मैले आफ्नो ठानी साहरा दिएको थिएँ
- हिजो जस्तो आज पनि उस्तै छ रे मेरो देशमा
- पाठकमैत्री समालोचनासङ्ग्रह
- दोषरहित दोष
- सिमलको नाङ्गो हाँगा
- पुराणमा पनि आतङ्कवाद
- मन ढाल्न बाँकी छ ।
- कालुको कलम
- राजा घट्यो
- भाइबहिनीलाई सन्देश
- सासूआमा
- स्वायत्त प्रदेश
- स्मृति क्यानभासमा हजुरआमा
- आउँछ र ?
- धोका फेरि हुन्छ हुन्न भनिदेऊ नेता हजुर
- धेरै जसो एकान्तमा रुने बानी बस्यो सक्यो

बिजी जी,धन्यबाद! यो अती
gita thapa — Thu, 10/01/2009 - 17:40बिजी जी,धन्यबाद! यो अती सुन्दर भावनालाई मेहेनत
गरेर हामी सबैको साँझा आँगन मझेरीमा पनि यहाँ सहयात्री हुनुभएकोमा!
यो कवितालाई न्याय दिएर जजमेन्ट गर्ने पावर त ममा साह्रै छैन।
तर पनि यो कविता पँढेर धन्यबादका दुईशब्द नकोरी रहन सकिन।
त्यसैले मिठो कविताको लागि धन्यवाद है!
यहाँको कलम निरन्तर चलिनै रहोश भन्ने कामना गर्दछु।
गीता थापा
ईजरायल
धन्यबाद गीता जी, तपाईले आफ्नो
Bantawabj — Thu, 10/01/2009 - 19:21धन्यबाद गीता जी, तपाईले आफ्नो अमूल्य सुझाव दिएर मेरो छोटो लेखलाई उत्साहित बनाउनु भएकोमा म धेरै धेरै आभारी छु | आगामी दिनहरुमा पनि अबस्य मौका मिलेमा नयाँ लेख संगै उपस्थित हुनेछु तपाईहरुको सामु धन्यबाद|
http://bhojpures.blogspot.com
"A person who never made a mistake never tried anything new" -Albert Einstein.
Omg, It's heart touch I
अतिथि — Thu, 10/01/2009 - 20:05Omg, It's heart touch I really wonder, it's really such a story of mine I selute you dear keep it up and God bless you.
Mindblowing, dherai ramro6 bj
mandirmilan — Thu, 10/01/2009 - 20:16Mindblowing, dherai ramro6 bj g, malai dherai khusiko mahasu bhayo, kabitaa kaa shabda shabdale dherai upadesh di raheko chha yasai gari lekhnu hola
mandir milan
USA
जिबन समुन्द्र झै शान्ता अनी शितल हुनुपर्छ, जहाँ हजारौं फोहोरका फोहरा छुटेर आएपनी आँफै भित्र हराई हाल्ने - मन्दिर मिलन
बि जे जी कबिता अत्यन्तै
अतिथि — Thu, 10/01/2009 - 22:09बि जे जी कबिता अत्यन्तै राम्रो लाग्यो । pls ! तपाईको कबिता, लेख, रचना www.narisanjal.com को लागि narisanjal@gamail.com मा पठाएर कष्ट गरिदिनु हुन अनुरोध गर्दछु ।
बान्तवा जी समाजले अति घृणा को
अतिथि — Thu, 10/01/2009 - 22:27बान्तवा जी
समाजले अति घृणा को दृस्टी लगाउने पात्र लाई कविता को मूल पात्र बनाएर ओझेलमा परेका समाज बाट लखेटिएका हरुलाई स्थान दिनुभएको मा मुरी मुरी धन्यवाद
विमल गौतम
साउदी अरेबिया
नमस्कार बि.जे.सर, सारै गहीरो
अतिथि — Fri, 10/02/2009 - 16:32नमस्कार बि.जे.सर,
सारै गहीरो भाब ले भरीएको सारै मिठो कबिता,
तिन चार चोटी पदेपछी मात्रअली अली भुजेँ
"गन्तब्य तिम्रो पर्खाईमा आफनो हात फिजाएर
न्यानो अंगालोमा बाँध्न पर्खीरहेछ।"
हजुर सयौं ठेस लागे पनी पाईला नरोक्ने लाई,
काँडा बिजे पनी निरन्तर हिड्ने लाई,
बिशाल पहाडको बातो देखेर कहिल्यै हरेस नखाने लाई
गन्तब्य संधै हात फिँजाएर अंगालोमा बाँध्न पर्खीरहेको हुन्छ।
मनमै चस्क्कै छोयो,यती मिठो केशेली लिएर मझेरीमा
सबैलाई बाडदिनु भएकोमा धेरै धेरै धन्यबाद।
र फेरी फेरी पनी लिएर आउनुहोला...शुभ कामना....
इन्द्र पुन "इन्द्रेणी"
This is really wonderful
अतिथि — Sat, 10/03/2009 - 01:35This is really wonderful poems, and warning for that blind society, I believe this would give console to all ppls really efected by the deff and blind society.
Ritu Sharma
California, USA.
ईन्द्र पुनजीको कबिता पनि
छक्कु उदासी — Sun, 10/04/2009 - 14:15ईन्द्र पुनजीको कबिता पनि राम्रो लाग्यो ।
sorry !
बि. जे. सर नमस्कार! हजुरको
minabantawa — Sun, 10/04/2009 - 18:10बि. जे. सर नमस्कार!
हजुरको `शुभकामना` जति-जति अध्यान गदै गयो उति-उति अर्थ भित्रको अर्थ बुनिनदै जान्छ,
कविताको लहराई भित्र मिठास फल छ,प्रतेक हरफहरु बिस्राम छैनन् सबै उक्ति-उक्तिले पूर्ण जुहारतले जडिएको पाए, जहाँ एक बिरुवाको सुरुवात्कोंन्तर हुन्छ,
म सायद तेत्ति बर्णन गर्न सक्दिन....कि ow! oh! भन्नु त सस्तो भै हाल्यो यति महंगी येत्ति मुल्यवान
इक स्त्री जतिको उधरित गरिएको छ,real fear ..हजुरको अरु पनि कविता लेख पनि मैले धेरै पढी सकेकी छु मलाई परादर्सिक लाग्छ, यसलाई निरन्तरता दिईरहनु होला,
मिना बान्तवा,
nari manko bedanalai korera
अतिथि — Tue, 10/06/2009 - 12:36nari manko bedanalai korera utarnu bhaeko ma ma yati dherai khusi 6u, tapiko sadai ishwar raxya garun,
Sujata
सम्पूर्ण मेरा शुभचिन्तक
Bantawabj — Thu, 10/08/2009 - 02:47सम्पूर्ण मेरा शुभचिन्तक मित्रहरुमा धन्यवाद, तपाईंहरुले मेरो रचना मन पराएर आफ्नो अमुल्य सुझाव छ|डनु भएकोमा तपाईंहरुमा हार्दिक धन्यवाद दिदैं आगमी भेट अबस्य दिनेछु यसरीनै तपाईंहरुको माया पाईरहेमा।
http://bhojpures.blogspot.com
"A person who never made a mistake never tried anything new" -Albert Einstein.
Post new comment