Skip to content

नेपाल रोएको छ

तराई र पहाड अनि, हिमाल रोएको छ
हेर प्रत्येक ठाँउ-ठाँउ, नेपाल रोएको छ

जति बग्नु बगी सकें रगतका खोला
पुछ्दै आँसु बन्दुक को नाल रोएको छ

रोल्पा रुकुम बिनाशै भो दशा मडारियो
भोका पेटको कुरै छोडौ थाल रोएको छ

कालापानी जल्दै गर्दा सुस्ता सङ्गै ढल्दा
क्षिण बन्दै गोर्खालीको ढाल रोएको छ

क्षतबिक्षत भयो देश “अनुभव” ले भन्छ
लासहरुको थुप्रो देखी काल रोएको छ

तराई र पहाड अनि, हिमाल रोएको छ
हेर प्रत्येक ठाँउ-ठाँउ, नेपाल रोएको छ

लेखनाथ-४ कास्की

7 thoughts on “नेपाल रोएको छ”

  1. वाह वाह वाह एकदमै मिठो….
    वाह वाह वाह एकदमै मिठो….

  2. derai ramro gazal rahechha
    derai ramro gazal rahechha sahrai man paryo. bhabisyama pani aru derai tapaiko rachana haru padna painechha bhani aapekshya gardachhu,
    dhanyabda
    Lakpa Sherpa

  3. तराई र पहाड अनी, हिमाल रोएको
    तराई र पहाड अनी, हिमाल रोएको छ
    हेर प्रत्येक ठाँउठाँउ, नेपाल रोएको छ

    ramro lai ramro bhanna paainchha bhanee dherai ramro chha…best of luck!! raj..

  4. साच्चिकै अनुभव जी अहिले नेपाल
    साच्चिकै अनुभव जी अहिले नेपाल रोएको छ
    हजुरको यो यो गजलमा ले बास्तविकतामा झल्किएको छ
    लेक बेशी लहरा पहारा सबै साथमा रोएको छन
    एक गरीब रोएको छ एक नेपाली परदेशी रोएको छ

    को छन् र खुसि यहाँ सबै सबै रोएका छन्

    सुभकामना छ राम्रो गजल को लागि

    1. hi anubhav bro, ekdam daami
      hi anubhav bro, ekdam daami chha ni gazal lekhan sailee ta anyways ajhai pragati garnus,________PPI-3, Bomjan.

  5. प्रतिकृयाको लागि अथिती मित्र,
    प्रतिकृयाको लागि अथिती मित्र, शेर्पा जि, बिबस जि, राज जि , मनोज जि र बम्जन सर लाई धेरै धेरै आभार प्रकट गर्न चाहन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *