छक्काको दाउमा थापिदिएँ जिन्दगीलाई
जलाएर आफैँभित्र रापिदिएँ जिन्दगीलाई ।
मरिसके आशाहरू पलाउन नपाउँदै
एकपछि अर्को गर्दै खापिदिएँ जिन्दगीलाई
नसुर छ, न कहीँ कतै मिल्छ जीवनको खबर
बेसुरको बेखबरझैँ छापिदिएँ जिन्दगीलाई ।
कति पिउनु आँसुहरू त्यसको कुनै सीमा छैन
डडेलोको भुमरीमा तापिदिएँ जिन्दगीलाई ।
अनगिन्ती पाइलाहरू चलिरहन्छन् यथावतै
अनिश्चित यात्रा कति नापिदिएँ जिन्दगीलाई ।
-कटारी-६, उदयपुर