Skip to content

आज हाम्रो बारीमा
ढेडु बाँदर आएछ
भर्खर दाना पसेको
मकै भाँची खाएछ ।
फूल टिपेर च्यातेछ
फापरबारी नाचेछ
रूखरूखै उफ्रेर
हाँगाबिँगा भाँचेछ ।
हेर्दा हामी जस्तै छ
फट्याइँ कति जानेको
बिगार मात्रै गरेर
उसले जीवन धानेको ।
बाँदरजस्तै चक्चके
तिमीचाहिँ नबन्नू
चित्त दुख्ने गरेर
कसैलाई नभन्नू ।

1 thought on “बाँदरजस्तो नबन्नू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *