Skip to content

विसं २०१६ को कुरो हो, पद्मोदय हाइस्कुलमा म ६ कक्षामा पढ्थेँ । ईश्वरराज अर्याल नयाँ शिक्षकलाई लिएर छिँडी-तलामा रहेको हाम्रो कक्षामा प्रवेश गर्नुभयो र चिनारी गराउनुभयो, “अब तिमीहरूलाई उहाँले अंग्रेजी पढाउनुहुन्छ, राम्ररी पढ्नू ।” प्रधानाध्यापकले त्यति भनुन्जेल हामी सबै चुप लागेर बस्याँै । उहाँ निस्किनेबित्तिकै खासखुस सुरु भयो, हामी विद्यार्थीबीच । कारण के थियो भने नयाँ शिक्षक हाम्रो स्कुलमा टिक्नै गाह्रो । विद्यार्थीहरू कुनै न कुनै बहानामा नयाँ शिक्षकलाई हाहुु गरेर धपाउँथे । टिकेका शिक्षकप्रति मर्यादा जति थियो, नयाँ शिक्षकलाई भने विद्यार्थीले त्यति नै हैरान पार्थे ।

सायद नयाँ आउने शिक्षकलाई त्यस कुराको पूर्वानुमान थियो । गोलो बाटुलो अनुहार परेका शिक्षकले आफूलाई प्रस्तुत गर्दै भन्नुभयो, “म लक्ष्मणप्रसाद अर्याल हुँ । अब म पालैसँग तिमीहरूको नाम सोध्छु, भन्दै जाओ ।” एक किसिमले हामीले थाहा नपाएको चलन भन्नुपर्‍यो, आफ्नो नाम भन्दै जाँदा परचियात्मक कार्यक्रम सकियो । त्यसपछि नयाँ शिक्षकले भन्नुभयो, “पढ्ने कुरा सधँै हुन्छ । आज पहिलो दिन हो कक्षाको, म तिमीहरूलाई कथा सुनाउँछु । भोलिदेखि पढौंला ।” पढ्नु नपर्ने, कथा सुन्न पाइने कुराले हामी सबै मक्ख पर्‍यौँ । मलाई राम्ररी सम्झना छ, उहाँले त्यस दिन राजकुमार दिक्पालको कथा सुनाएको । त्यस दिन कथालाई उहाँले यसरी प्रस्तुत गर्नुभयो, फेर िपनि त्यो कथा लक्ष्मण सरसँग सुनौँजस्तो लाग्छ । उहाँले पिरयिडभर िकथा भन्नुभो तर कथा पूरा गर्नुभएन । राजकुमारलाई बलि दिनुपूर्वको ठाउँमा पुगेपछि घन्टी बज्यो अनि सरले भन्नुभो, “बाँकी भोलि भनौँला ।” हामी सबै विद्यार्थी कहिले भोलि होला भनेर बस्यौँ ।

भोलिपल्टको कक्षामा आएर लक्ष्मण सरले बुझेजसरी सोध्नुभो, “तिमीहरूलाई कथा सुन्ने हतारो छ हो कि होइन ?” हामी सबैले ‘हो’ भन्याँै । त्यसपछि उहाँले भन्नुभो, “म पछि कथा भन्छु, पहिले केही पढ्नुपर्छ ।” अनि, उहाँले पढाउन सुरु गर्नुभयो, हाम्रो मन भने कथैमा थियो । आधा घन्टा पढाएपछि उहाँले बाँकी कथा सक्नुभयो र हामीलाई यो पनि भन्नुभयो, “म धेरै यस्ता कथा भन्नेछु । तर, पहिले पढ्नुपर्छ ।” हामीले लक्ष्मण सरलाई आदरपूर्वक शिक्षकका रूपमा स्वीकार्‍यौँ र एक सफल शिक्षक भएर उहाँले आफूले चाहेसम्म पद्मोदय हाइस्कुलमा पढाउनुभयो ।

त्यसपछि बाटाघाटामा बाहेक मेरो र लक्ष्मण सरबीच अरू सम्बन्ध रहेन । शिक्षक-शिष्यको नाताले सधँै उहाँ म र हामीजस्ता सबैलाई तिमी भनेर स्नेहपूर्वक बोलाउनुहुन्थ्यो । संयोग फेर िजुर्‍यो, उहाँ कानुन व्यवसायमा संलग्न भइसक्नुभएको थियो । म पनि ०३२ सालपछि कानुन व्यवसायमा सक्रिय भएँ । त्यसपछि पटकपटक मलाई उहाँको सान्निध्यको अवसर मिल्यो । उहाँ धर्मप्रति अगाध आस्था राख्नुहुन्थ्यो । म कानुन व्यवसायमा लागेको बेलैतिर लक्ष्मण सरको धार्मिक पुस्तकहरूतिरको झुकाव बढ्न थालेको थियो । जतिबेला पनि हातमा धार्मिक पुस्तक लिएको देखिन्थ्यो । त्यसैले, उहाँका समकालीन कुसुम श्रेष्ठले उहाँलाई जिस्क्याएर ‘बाबा’को उपाधिसमेत दिनुभयो । पछि कानुन व्यवसायमा लाग्ने धेरैले उहाँलाई लक्ष्मण बाबासमेत भन्ने गर्थे ।

धार्मिक पुस्तक पढ्नमा उहाँ लीन हँुदै जाँदा बहसमा पनि त्यसको प्रभाव देखा पथ्र्यो । हामीसँग कुराकानीमा पनि यसका असर देखिन्थे । यस्तै एउटा प्रसंग यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन्छ । एकदिन विश्वज्योति सिनेमा हलअगाडि क्षेत्रीय अदालतमा बहस गर्न म भर्‍याङ उक्लँदै थिएँ । माथि ढोकामा लक्ष्मण सर बहसका लागि पालो कुररिहनुभएको रहेछ । मलाई देख्नेबित्तिकै अचम्मको प्रश्न गर्नुभयो, “ल भन, वेद कसले लेख्यो ?” मैले भनेँ, “मलाई थाहा छैन ।” फेर िउहाँले सोध्नुभयो, “गीता कसले लेख्यो ?” मैले भनेँ, “सायद वेदव्यासले हो कि ?” उहाँले गीतामा लेखकको नाम छ र भनेर सोध्नुभयो । मैले ‘थाहा छैन’ भनेँ । उहाँले भन्नुभयो, “न वेदमा, न गीतामा लेखकको नाम छ ।” फेरि सोध्नुभयो, “ती ग्रन्थ लेख्नेले आफ्नो नाम किन लेखेनन् होला ?” मैले अज्ञानता प्रकट गरेँ । त्यसपछि उहाँले भन्नुभयो, “जसले वेद, गीताजस्ता ग्रन्थ रचना गरे, त्यसमा नाम लेखेमा आफू अमर होइन्छ भन्ने ज्ञान तिनमा थिएन भन्ने होइन । तर, वेद, गीता लेख्ने ज्ञानी थिए । त्यसैले, तिनले आफ्नो रचनामा नाम जोड्नुको अर्थ छैन भन्ने तिनलाई लाग्यो । आफ्नो नाम तिनले लेखेनन् । किनभने, विश्व बह्माण्डको हिसाबले ती ज्ञानीहरूले के बुझेका थिए भने तिनको ज्ञान केही पनि होइन । त्यसैले, नाम लेखेर आफू जान्ने भनाउन उनीहरूले चाहेनन् ।” यो कुराले मेरो मनमा गहिरो प्रभाव पार्‍यो । मेरो बाँकी जीवनमा यो दृष्टिकोण जतिबेला पनि एउटा ज्योतिसमान भएर बसेको छ । पछि यसैसँग मिल्दोजुल्दो लाग्ने ‘ठूलो हुने कि असल हुने ?’ बीपी कोइरालाको साहित्यले पनि मनमा निकै जरा गाड्यो ।

कानुन व्यवसायमा रहँदा नरहँदा जीवनपर्यन्त विधिको शासन, लोकतन्त्र र स्वतन्त्र न्यायपालिका, मानव अधिकारको पक्षमा उहाँले आफूलाई सधँै उभ्याउनुभयो । नेपाल बार एसोसिएसनको उहाँ अध्यक्ष हुँदाको कार्यकालमा भएको कानुन व्यवसायीको भेलाले राजनीतिक संगठनको स्वतन्त्रताबेगर प्रजातन्त्र नहुने उद्घोष गरेको कुरा आज स्मरणीय हुन आउँछ । पञ्चायतको जल्दोबल्दो समयमा राजनीतिक दलको वकालत गर्नु, त्यो पनि संस्थागत रूपमा निकै कठिन कार्य थियो ।

०४६ सालको परविर्तनपछि सुरुमा संविधान मस्यौदा समितिको सदस्य भएर र पछि सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएर उहाँले मुलुकको सेवा गर्नुभयो । सामान्य अवस्थामा व्यक्तिको परीक्षण हँुदैन । अप्ठ्यारोमा मानिसको पहिचान हुन्छ । राजा ज्ञानेन्द्रले सबै अधिकार आफ्नो हातमा केन्दि्रत गर्ने क्रममा सञ्चारमाध्यममाथि कूदृष्टि पर्नु अस्वाभाविक थिएन । त्यसमा सबैभन्दा बढी कोपभाजनमा परे, एफएम रेडियोहरू । समाचार बुलेटिनमाथि बन्देज लगाउने काम भयो । ती खराब दिनमा त्यसो गर्न पाइँदैन भनेर अदालत प्रेस जोगाउन अघि सर्‍यो र त्यसका एक नायक स्वयं लक्ष्मण सर पनि हुनुहुन्थ्यो । यतिबेला ०६२/६३ सालको आन्दोलनको यश आ-आफ्ना ढंगले सबैले लिन्छन् । लिन जरुरी पनि छ, लिऊन् । तर, बिर्सनै नसकिने कुरो के हो भने सायद राजाले प्रेस स्वतन्त्रतामा चाहेजस्तो अंकुश लगाउन सकेको भए र तत्कालीन सर्वोच्च अदालतले हस्तक्षेप नगरेको भए लोकतन्त्र यति छिटो पुनःप्राप्ति हुने थिएन कि भन्ने लाग्छ ।

त्यति मात्र होइन, विभेदमा परेका र समाजका कमजोर वर्गका हितका लागि सदैव लक्ष्मण सर न्यायाधीशका रूपमा उभिनुभयो । महिला, दलितहरूका हकहितमा राम्रा फैसलाहरू उहाँले गर्नुभएको छ ।

उमेरको हिसाबले न्यायाधीशबाट निवृत्त भएपछि पनि उहाँको क्रियाशीलतामा कमी आएन । लोकतन्त्र, मानव अधिकारका अतिरत्तिm शान्ति अभियानमा उहाँ अन्तिम क्षणसम्म पनि लागि पर्नुभयो । उहाँलाई अन्तिम वर्षहरूमा रोगले निकै कठिन बनायो, हिँडडुल, खानपिन आदिमा । तर, कहिल्यै नथाक्ने अनि आफ्नो लक्ष्यमा लगनशील भएर लागिपर्ने लक्ष्मण सरले रोगलाई मिच्दै, रोगसँग जुध्दै आफ्नो काम गररिहनुभयो । यस्ता कर्मयोगी लक्ष्मण सरलाई हार्दिक श्रद्धाञ्जलि !

(वरिष्ठ अधिवक्ता अधिकारी संविधानसभाका सदस्य हुन्)

नेपाल साप्ताहिक ३६३

Leave a Reply

Your email address will not be published. Required fields are marked *