Skip to content

लामालामा केशरासी सर्सिएर लुक्नखोज्दा
गाजलु ति नयेन तिम्रो तर्सिएर लुक्नखोज्दा

सरसर हावा बहिरहयो दुपटाले दाउ हेर्यो
छरपस्ट अंग छोड्यो घर्सिएर लुक्नखोज्दा
गाजलु ति नयेन तिम्रो तर्सिएर लुक्नखोज्दा

गर्जदा त्रास बढ्यो मेघ राग कि रागिनी
उनि र म सिमसीमपानि बर्सिएर लुक्नखोज्दा
गाजलु ति नयेन तिम्रो तर्सिएर लुक्नखोज्दा

हेरीरहुँ लाग्न थाल्यो चुमिदिउ लाग्न थाल्यो
लजालु ति अंग अंग पर्सिएर लुक्नखोज्दा
गाजलु ति नयेन तिम्रो तर्सिएर लुक्नखोज्दा

लामा लामा केशरासी सरसिएर लुक्नखोज्दा
गाजलु ति नयेन तिम्रो तर्सिएर लुक्नखोज्दा

मनोज काफ्ले ‘ मनसुन
कुवैत

6 thoughts on “लामालामा केशरासी”

  1. “गर्जदा त्रास बढ्यो मेघ राग
    “गर्जदा त्रास बढ्यो मेघ राग कि रागिनी
    उनि र म सिमसीमपानि बर्सिएर लुक्नखोज्दा”

    मनोज जी धेरै राम्रो छ, आगमी दिनहरुमा पनि अरु कोशीष गर्नु होला शुभकामना !

    1. नमस्कार बि जे सर
      आउदा दिन

      नमस्कार बि जे सर
      आउदा दिन हरुमापानी म कोसिस गर्नेछु हजुरको आसीर्बादले रोचक कोशेली पोख्न सकु मन पराएर माया दिएको मा आभार प्रकट गर्दछु आशा छ हजुरबाट प्रोतशाहान मिलिरहने छ

  2. मानोज जी, गज़ल एकदम राम्रो
    मानोज जी, गज़ल एकदम राम्रो लाग्यो,

    बास्तविक लाग्यो,
    लामा-लामा केसराशी….,
    सच्चाई छ जहाँ वास्तविक छ त्यहाँ
    अनि निरन्तर लेखि रहनु होला कतै….

    मिना बान्तवा,

  3. मनोज जी, मेरो पनि एउटा
    मनोज जी, मेरो पनि एउटा धन्यवाद यहाँलाई,
    मिठो गजलको लागि, यहाँको कलम अझै
    तिखारिदै जावश भन्ने कामना गर्दछु।
    गीता थापा
    ईजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *