मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
आस्था र अनास्थाभित्र मान्छे
kbs — Tue, 10/06/2009 - 20:50
मूर्ती पुजेर
मान्छेलाई घ्रीणित ब्यवहार गर्नु
मानवीयता हैन जस्तो लाग्छ
त र...... बाध्यता,
जब मान्छेहरु नै मूर्ती भन्दा
अन्धो र कठोर बन्छन भने
अनी.... मान्छेहरु नै अचल बनेर
पापको भागीदार बन्छन भने
अर्को बिकल्प नै के रह्यो र ?
हो कस्ले सुनेको छ ?
इश्वरले आशिष फलाकेको ?
कस्ले महसुश गरेको छ
ढुङ्गाको मूर्तिले शीरमा
आशिर्बादको स्पर्षले छोएको ?
त र पनि मान्छे,
आस्थाको धरोहरमा भुलेर
ढुङ्गाको देव पुज्न वाध्य छन
मान्छेलाई अनास्थाको खन्डहरमा
धकेलेर निर्जिव मूर्तिलाई
कोठा र चोटामा सजाउन
लालायित छन
अनी.... यिनै मान्छे,
मानवियताको ब्यापारी बनेर
इेश्वरलाई बली चढाउने बहनामा
निरीह पशुहरुको हत्या गर्न
उत्प्रेरित छन।
वास्तवमा कस्ले सुनेको छ
मूर्तिले रगतको भीख मागेको ?
कस्ले देखेको छ
ढुङ्गाका देवताहरुले हिंस्रक बनेर
बलिको रगत पिएको र चोक्टा लुछेको?
त र...... पनि मान्छे
धर्मको आढ्मा हत्या गर्न
अभिप्रेरित छन
अनी तिनै प्रशादरूपी चोक्टाहारु
राक्षस बनेर प्रशादको बहना गरी
लोभि जिब्राहरु लप्लपाएर
लुछ्न मग्न छन ।
अब.... सोंचौ,
मानव मनमस्तिष्क लाई घच्घच्याएर
मान्छेको अपमान मान्छेले किन गरिरहेछन ?
मूर्ती पुज्ने निहुमा हत्यारा
किन बनी रहेछन ?
अनी..... मान्छेलाई विश्वाशको
किनाराबाट पंछाएर
निर्जिव ढुङ्गा किन ढोगी रहेछन ?
हो.... मूर्ती पुज्ने मनहरुले नै
मान्छेलाई घ्रीणा गरिरहेछन
तर फेरी निर्जिव देवताको आस्थाको
अभिप्शामा आँफै राक्षस बनिरहेछन
त्यसैले मूर्ती पुजेर मानवताको
ढोङ पिट्नु र मान्छेबाट नै अमानविय
ब्यवहार पाउनु शायद एकार्काको
पर्याय बनिरहेछ ..........!
(अमेरिका )
- 1903 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 21 hours ago - आभार
4 days 17 hours ago - बहुत खुब कहिल्छि ।
1 week 16 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- कुकुर
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- देशभक्त हुँ म
- जुनेली रात
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मिथिलाक किसान
- महलकी रानी
- शुभ दिन बिहानीको
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- हिँड्छु
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
Last viewed:
- दोषी नजर
- अबिराम श्रङ्खला
- जुरेलीको माउ नै छैन भन्छन् हजुर !
- सिंहवाहिनी -१३- तेह्रौं अध्याय (देवी र दानवसेना बीच लडाइँ)
- सिरुपाते जुँगा मेरो
- फर्केर आऊ घर
- एसएलसी परीक्षा : शिक्षक कि विद्यार्थीको ?
- आँधी, भीर र सपनाहरु
- ऊर्जा दियौ मलाई
- मृत्युलाई जितेको रात
- मझेरी भलाकुसारी, अंक ०७ (शरण आँसु)
- तिम्रो साथ
- जिन्दगी को परिभाषा
- मन बुजाईयो
- बुख्याँचा
- यो मेरो चन्द्र सूर्य अङ्कीत् ध्वजा
- पर्खी बसे आउला भनी मेरो उठने पालो
- रेगिस्तानबाट साथीलाई चिट्ठी
- मायाँ तिम्रो प्रेम पत्र
- शर्त बिचको अर्थ र जीवन
- नेपाली नाट्य इतिहासमा बालकृष्ण सम
- भट्टि खोलेको छु
- बैशालु जवानिले शहर किनिदिन्छु
- चौबन्दीको तुना फुकाएर नहिड न
- म हराए को रात
- यसै गरी मिलोस तिम्रो माया
- चोखो माया
- सानो कविता
- सिरहाको शिक्षामा भक्तबहादुर राई
- व्यक्ति
प्रभा जी मानवता सुन्य रहेर
अतिथि — Tue, 10/06/2009 - 22:21प्रभा जी
मानवता सुन्य रहेर दानवता तर्फ़ अगी बढेका धार्मिक अन्धाहरु र लोभ लाभ र पाप मा चुर्लुम्म डुबेकाहरु लाई मुख्य पात्र बनाएर लेख्नु भएको कविता राम्रो लाग्यो. निरन्तर यहाका साहित्यिक अचार को रस पान गर्न पाइयोस. धन्यवाद
विमल गौतम
साउदी अरेबिया
राम्रो कबिता आचार्य प्रभा
अतिथि — Tue, 10/06/2009 - 23:13राम्रो कबिता आचार्य प्रभा जी,
म पनी यस्तै सोच्छु आखीर भग्वानले आवाज किन सुन्दैन?
दोषीको किन बिनाश गर्दैन?
त्यसैले भग्वान प्रती संका नै लाग्छ।
नमस्कार! आचार्य प्रभा जी,
minabantawa — Wed, 10/07/2009 - 14:02नमस्कार! आचार्य प्रभा जी,
बिल्कुलै मुर्तिमा कसैको ज्यान दिएर धर्म हुदैन राम्रो पस्कनु भएछ,
हाम्रा धर्म नाइक अधि नएकहरुलाई सन्देस दिनु भएको राम्रो लाग्यो,
हाम्रा धर्म संस्कारको मानसिक सुरुवातबाट नै पो बिग्रिएको होकी
मिना बान्तवा,
Meropani samarthan chha mina
Manoj kafle — Wed, 10/07/2009 - 20:22Meropani samarthan chha mina ji laai
मनोज काफ्ले 'मनसुन'
[email protected]
www.manojkafle.wordpress.com
Post new comment