Skip to content

४,रुवाईहरु:


बेनामीको लहर भित्र एउटा नाम खोज्दैछु म।
हरामीको शहर भित्र एउटा राम खोज्दैछु म।
सबैले सोध्छन मलाई के गर्‍याछस आजकल
बेरोजगारी छु पेटको लागी एउटा काम खोज्दैछु म।


एउटी चेली आज दलालको हातमा परेकी छे।
नेपाल छोडी अर्काको देशमा डेरा सरेकी छे।
अशिक्षाको हलीमुहली छ अझै हाम्रो देश मा
मिठो खाने राम्रो लाउने लोभमा जिउँदै मरेकी छे।


ईतिहास कोर्दैछन दाजुभाई आफै यहाँ लडीलडी।
शत्रुहरुको आत्मबल बढ्यो यो देशमा घडी घडी।
अमन चयन बिगार्ने कुतत्वहरु सकिदैनन कहिल्यै
नेपाल आमा रोईरहेछिन हरेक पल यहाँ मरी मरी ।


आफ्नैलाई पन्छाएर पराईलाई तान्छौ किन?
पराईलाई डाकी आफन्तलाई पर लान्छौ किन?
मनको देउता नबुझेर होकी किन आजकल
पत्थरिया ढुँगालाई आफ्नो देउता मान्छौ किन?

http://bhojpures.blogspot.com

11 thoughts on “रुवाई”

  1. एउटी चेली आज दलालको हातमा
    एउटी चेली आज दलालको हातमा परेकी छे।
    नेपाल छोडी अर्काको देशमा डेरा सरेकी छे।
    अशिक्षाको हलीमुहली छ अझै हाम्रो देश मा
    मिठो खाने राम्रो लाउने लोभमा जिउँदै मरेकी छे।

    majale jhataro hannu vaye6 nepalko nidako prasasanlaai malai derai khusi lago bj sir.

    Santa limbu

  2. बेनामीको लहर भित्र एउटा नाम
    बेनामीको लहर भित्र एउटा नाम खोज्दैछु म।
    हरामीको शहर भित्र एउटा राम खोज्दैछु म।
    सबैले सोध्छन मलाई के गर्‍याछस आजकल
    बेरोजगारी छु पेटको लागी एउटा काम खोज्दैछु म।

    wah bj sir kati majaale jhaapad haannu bhayo yaara aajakalko yo paribeslaaii, sarai sandarbhik samasya kotyaunu bhayo, ma sachikai tapaiko lekh padhnama 1prakarko majaa aau6, tapaiko nirantarko shubhakamana.

    Mandirmilan

  3. बि जे सिर
    तपाइको यो रचना म

    बि जे सिर
    तपाइको यो रचना म संग मिल्दो भयो
    येसमा साच्चिकै वास्ताविकता पोखिएको छ सबै भन्दा राम्रो मलाइ त यो लग्यो

    बेनामीको लहर भित्र एउटा नाम खोज्दैछु म।
    हरामीको शहर भित्र एउटा राम खोज्दैछु म।
    सबैले सोध्छन मलाई के गर्‍याछस आजकल
    बेरोजगारी छु पेटको लागी एउटा काम खोज्दैछु म।

    सफलता को लागि सुभकामना

  4. हरेक रुवाईहरु दमदार लाग्यो
    हरेक रुवाईहरु दमदार लाग्यो

  5. सबै मुक्तक हरु एक्दमै राम्रा
    सबै मुक्तक हरु एक्दमै राम्रा छन कोही भन्दा कोही कम्ती छैन्न।
    तर पनी एउटै छान्ने भन्नु भयो भने यही छान्छु..

    इतीहाँस कोर्दैछन दाजु भाई आफै यहाँ लडी लडी।
    सत्रुहरुकोको आत्मबल भड्यो यो देशमा घडी घडी।।
    अमन चयन बिगार्ने कुत्तवहरु सकिदैन्न कहील्यै
    नेपाल आमा रोईरहेछिन हरेकपल यहाँ मरी मरी।।

    बदाई छ बि.जे. सर…
    इन्द्र…

  6. साँच्चै इन्द्र जी ले छान्नु
    साँच्चै इन्द्र जी ले छान्नु भएको मुक्तकले हरेक नेपालीको अझै भन्नु पर्दा समस्त नेपालको बास्तविकतालाई उदांगो
    बनाएको छ !
    मुरी मुरी धन्यवाद बि. जे. सरलाई
    यत्तिको चोटिलो र पेचिलो मुक्तक पढाउनु भएकोमा !!!

  7. dherai ramro lagyo Sir,
    dherai ramro lagyo Sir, Tapaiko ruwai pheri pheri pani yesari nai prastot gardai garaunu hola thaks, kep it up Bhim Gurung u.a.e.

  8. बि.जी. सर तपाइको “रुवाई”
    बि.जी. सर तपाइको “रुवाई” भित्रको रुवाई वास्तविक देखे,
    हर हरफले हर वास्तविक बोकेका भए पनि यो हरफतिर नजर….

    एउटी चेली आज दलालको हातमा परेकी छे।
    नेपाल छोडी अर्काको देशमा डेरा सरेकी छे।
    अशिक्षाको हलीमुहली छ अझै हाम्रो देश मा
    मिठो खाने राम्रो लाउने लोभमा जिउँदै मरेकी छे।

    मिना बान्तवा,

  9. बीजी जी, यहाँको कविताका
    बीजी जी, यहाँको कविताका सबै
    सेरहरु, उतिकै राम्रा र मिठाश बोकेका
    मुटु छुने छन्। यो मेरो दुइ शब्दको
    बयानले अती कम हुन्छ।
    यहाँलाई धन्यवाद यहाँको कलमले
    जिवन्त पाओस भन्ने कामना गर्दछु।
    गीता थापा
    ईजरायल

  10. सम्पूर्ण मेरा शुभचिन्तक आशंक
    सम्पूर्ण मेरा शुभचिन्तक आशंक उपाध्याय, शान्ता लिम्बु, मन्दिरामिलन, मनोज काफ्ले, अनुभव, ईन्द्र, भिम गुरुङ, मिना बान्तवा , गीता थापा, तपाईंहरुको यो आफ्नो अमुल्य सुझाव छोडेर मेरो हौसलाको भागीदार भन्नु भएको मा धेरै धेरै धन्यवाद नदीई रहन सक्दिन। तपाईंहरुको लागी भबिष्यमा पनि अरु उब्जाउ गर्ने छु।

  11. hello bj sir maile tapaiko
    hello bj sir maile tapaiko lai follow gardai euta muktak lekhera post gareko chhu kirpaya herna nabhulnuhola, dhanyabaada.

Leave a Reply

Your email address will not be published. Required fields are marked *