Skip to content

मनको प्यास बढ्यो हेर (शिशु गजल)

तिम्रो आगमनले मनको प्यास बढ्यो हेर
तिम्रो तस्बिर मनभित्र शूल बनी गढ्यो हेर ।
 
अन्जान र खाली थियो मनको सँघार मेरो
आशाको सुन्दर महल कस्तो गरी ठड्यो हेर । 
 
निरशता र अधुरो रहर, मात्र बाँकी थियो   
सारा आज खाक भै मेटिएर डढ्यो आज ।
 
धेरै नाम लेखिए मन भित्रका पानाहरूमा
तर केवल तिम्रै नाम यो अधरले पढ्यो हेर ।

(अमेरिका)      

3 thoughts on “मनको प्यास बढ्यो हेर (शिशु गजल)”

  1. तपाईका रचनाहरु पढ्छु, राम्रै
    तपाईका रचनाहरु पढ्छु, राम्रै पनि लाग्छन तर यो “शिशु गजल” भनेको चाही के विधा हो थाहा नभएर सोध्दै छु । मेले बुझे अनुसार कि गजल हुन्छ कि “फजल” हुन्छ ।

    सहित्यका विधा शिशु, नवजात, वालक, युवा वा बृद्ध हुदैनन् । कृपया यो विधालाई यस्ता विशेषणका तक्मा नभिराईदिनु होला ।

    त्रैलोक्य

  2. nirashtaa ra adhuro
    nirashtaa ra adhuro rahar,matra baaki thiyo
    saaraa aaja khaak bhai metiyera dadhyo hera

    hunu parnemaa galtiwash aaja huna gayekoma chhyamaa praathi chhu.saachai shishu gajal nai bhayechha.

  3. मेरो शहर भन्दा पर तिम्रो शहर
    मेरो शहर भन्दा पर तिम्रो शहर बसाएर जाउँला,
    रुने मात्रा सबै भेट्छु तिमीलाई चै हसाएर जाउँला,
    बास नदेऊ मलाई कहीं यो झुठो संसारमा
    तिम्रै दिलमा सानो सँसार सजाएर जाउँला ।

    yo balak gajala laai dui shabda chhodeko chhu,,,,, keep it up.

Leave a Reply

Your email address will not be published. Required fields are marked *