Skip to content

नेपालले बलिदान खोज्दैछ


नेपालले बलिदान खोज्दैछ, चढाइदेऊ मेरो बलि
म मरेर मेरो नेपाल हाँसेर बाँच्छ, भने भोलि

प्राणभन्दा प्यारो मेरो नेपाल छँदैछ, सधैं मलाई
मेरो चाहना अपूर्ण छ, नेपाली मिलेको हेर्ने मलाई

कामना मेरो अमर भै बाँचोस् उच्च सगरमाथा
बोकेर मेरै नेपालीको बहादुरीताको सुन्दरगाथा

भविष्य कोरेर भोलि नेपालको सबैले माया गरे
फल्नेछ मोती नेपालमा हामी मिलेर सेवा गरे

गीता थापा (दोषी)
ईजरायल

5 thoughts on “नेपालले बलिदान खोज्दैछ”

  1. sachchai nai rastriyata
    sachchai nai rastriyata jhalkaunu vayako chh yas kabita ma
    yasai gari badhdai janus mero shuvakamana chh

  2. गीता जी धेरै नै राम्रो
    गीता जी धेरै नै राम्रो देशभक्ती भावना, आजकाल कहाँ भेटिन्छ र यहाँ यस्ता भावनाहरु कमै पाईन्छन, देसभक्ती प्रेमोमय शब्दहरु यहाँ त आजकाल कान्छा र कान्छीको बाहेक अरु मुस्किल नै छ है अरु धेरै शुभकामना आगमी दिनहरुको लागी ।

  3. गीता जी
    लोभी र पापी अनि

    गीता जी
    लोभी र पापी अनि राष्ट्र घाती हरुको बिग बिगी भएको हाम्रो समाजलाई देश भक्तिको पाठ पढाउन यो कविता सफल रहोस . नेपालको वर्तमान परिप्रेक्षमा यो कविता अझ बढी सान्दर्भिक छ सबैलाई चेतनाभया .

    विमल गौतम

    साउदी अरेबिया

  4. गीता जी, तपाइको राष्ट्रिय
    गीता जी, तपाइको राष्ट्रिय कविता प्रति मलाई उत्सुकता जागेर आयो
    आब आउने दिनहरुमा पनि अझै हेर्न उत्सुकता छ,

    अप्राण भन्दा प्यारो मेरो नेपाल छदैँ’छ, सधैं मलाई
    मेरो चाहाना अपूर्ण छ, नेपाली मीलेको हेर्ने मलाई

    मिना बान्तवा,

  5. मेरो कवितालाई हेरेर मलाई
    मेरो कवितालाई हेरेर मलाई हौँसेला थपिदिनु हुने
    मेरा सम्पूर्ण मित्रहरु प्रती म हार्दिक धन्यवाद प्रकट गर्दछु।
    गीता थापा
    ईजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *