• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

नेपाल संवत् र राष्ट्रिय विभूति शंखधर साख्वाः

kbs — Mon, 10/12/2009 - 22:31

  • सांस्कृतिक समीक्षा
  • अमरप्रसाद जोशी
  • गोरखापत्र

शंखधर साख्वाः नेपाल संवत्का प्रवर्तकका रूपमा ख्यातिप्राप्त र सुप्रसिद्ध छन् । उहाँ नेपालको आदिवासी नेवार जाति समुदाय, समाज र सङ्गतमा हुर्केर कान्तिपुरमा बसोबास गरेका व्यक्ति हुनुहुन्छ । प्रचलित लोकोक्ति अनुसार उहाँको घर काठमाडौं मरुटोलको मरु सत्तलको इलाछेतर्फ रहेको बुझिन्छ । उहाँको वंशमा हाल को को छन्, त्यो सबै अनुसन्धानका क्रममा छ । नेपालमा प्रचलित विविध संवत् जस्तै कलिगत् संवत् शक संवत्, विक्रम संवत्, इस्वी संवत्मध्ये नेपाल संवत्को विशेष महत्त्व छ । यो संवत् आजभन्दा एघारसय उनन्तीस (११२९) अर्थात् वि.सं. ९६६ वर्ष अगाडि कार्तिक शुक्ल प्रतिपदा (म्हः पूजा) का दिनदेखि सुरु भएको हो । नेपाल संवत् सुरु हुनु अगाडि त्यसबेला राजकीय संवत् पनि कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मी पूजाका दिन संवत् पूर्ण भई कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ संवत् थालनी हुने परम्पराअनुसार सोही तिथिमा पुरानो संवत्को ठाउँमा नयाँ संवत् १" को थालनी भएको हो । शंखघर साख्वाःले त्यसबेलाको उपत्यकाका तीनै सहरको सकल जनताको ऋण मुक्त गरी आफ्नै मातृभूमिको नाममा "नेपाल संवत्" प्रचलनमा ल्याएका हुन् । यस किसिमको संवत् प्रचलन ल्याउने राजा महाराजाबाट मात्र सम्भव हुनेमा एउटा साधारण व्यापारी, कर्मशील, दयावान् नेपाल भूमिमा जन्मनुभएका नागरिक यस्तो साहसी काममा अग्रसर भएर महान् कीर्ति राखेर अमर भएर जानुभयो ।

शंखधर साख्वाःले यो संवत् प्रचलनमा ल्याएको बेला नेपालमा राघवदेव ठकुरीको शासनकाल थियो । सूर्यवंशी राजा मानदेवका तीन छोरामध्ये जेठा छोरा राघवदेव कान्तिपुरमा राज्य चलाएका थिए । त्यस्तै माहिला छोरा जयदेवले पाटनमा र कान्छा छोरा आनन्ददेवले भक्तपुरमा राज्य चलाएका थिए । यसरी तीनै भाइ समकालीन राजा भएर राज्य गरेका थिए ।

त्यसबेला भक्तपुर राजदरवारका विद्धान राजज्योतिष सिद्धिवन्तले धेरै वर्ष मिहिनेत र परिश्रमले सुवर्ण मुहूर्त (शुभ साइत) पत्ता लगाई फलाना दिन फलाना बेलाको शुभ मुहूर्तमा कान्तिपुरको विष्णुमती नदीछेउ भद्रमती नदीको दोभानमा लखुतीर्थमा सुवर्णमती नदीबाट बगाएर ल्याएको बालुवा ल्याएमा चार दिनपछि सो बालुवा सबै सुनमा परिणत हुने सुवर्ण योगको शास्त्रीय कुरा त्यसबेलाको भक्तपुरका राजा आनन्ददेव समक्ष जाहेर बिन्ती चढाएका रहेछन् । त्यसरी राजज्योतिषको सल्लाहअनुसार सोही शुभ मुहूर्तको समय पारी राजाले चारजना भरियालाई सो बालुवा लिन कान्तिपुर नगर विष्णुमती नदीछेउ लखुतीर्थ पठाएको रहेछ । भरिया पनि राजाका आज्ञा अनुसार मध्यरातको शुभ साइतमा लखुतीर्थबाट बालुवा झिकी र्फकदा काठमाडौं मरुटोलस्थित छवासुपा पारी (लुकु फल्चा) मा बिसाई केहीबेर आराम लिइरहेको बेला त्यहाँ केही व्यक्तिले देखी यति रातिका बेला बालुवा ल्याउनुको कारण सोधपुछ गर्दा भरियाले भक्तपुरमा राजा आनन्ददेवको राजोज्ञा अनुसार शुभ साइत पारी बालुवा लिन पठाएको कुरा बताए । यसरी मध्यरातमा भक्तपुरदेखि लखुतीर्थसम्म बालुवा लिन पठाउनुको केही रहस्य हुनपर्दछ । भन्ठानी भरियाले ल्याएको बालुवाको भारी आफूहरूलाई पनि आवश्यक भएको र भरिया विना ल्याउन नसकेको भनी भरियालाई अनेक लोभ देखाइ फकाइ मान गरी खानपिन गराई भने जतिको ज्याला दिई सो बालुवा आफ्नो घरमा थन्क्याउन लगाएर र अर्को बालुवा लिएर जानू भन्ने अह्राई सत्कार गरी फर्काए । बालुवा किन्ने व्यक्ति शंखधर साख्वाः जो ज्ञानी र खुवी भएको विशेष व्यक्ति रहेछन् । भरियाले दोस्रोपटक शुभ साइत बितिसकेको बेला लखुतीर्थमा फेरि बालुवा झिकी सोही बेला भक्तपुर दरवार पुर्याएको रहेछ । दरवारमा चार दिनपछि राजज्योतिषको कथनअनुसार सो बालुवा सुनमा परिणत नभएको देख्दा राजा ज्योतिषसँग धेरै रिसाए तथा ज्योतिषले पनि सो शास्त्र आगो लगाई जलाइदिए, पछि भरियासँग सोधपुछ गर्दा सो बालुवा शुभ साइतको नभई अरुबेलाको हुन पुगेकोले त्यसो हुन गएको बुझियो ।

यता कान्तिपुरमा शंखधर साख्वाःको घरमा थुपारिएका बालुवा चार दिनपछि सो बालुवा सबै चट्टानको धुलोसहित मिसिएको सुनमा परिणत भएको देखियो । शंखधर साख्वाः सोदेखि साह्रै हषिर्त भएर सो मिसिएको चट्टानको धुलो प्रशोधन गरी सुन जति सबै जम्मा गरे । यसरी अपार धनसम्पत्ति भएपछि त्यस सम्पत्तिबाट देश र जनताको हित कल्याण हुने पुण्य काममा दत्तचित्त भई खर्च गर्नुपर्ला भन्ने ठानी टोलको गण्यमान्य भद्र भलादमी, पण्डितहरूसँग सल्लाह गर्दा देशमा साहु महाजन र जमिन्दारहरूको ऋणमा भार बोकेका दुःखी दरिद्र सबैको हित हुने काममा ऋण मोचन गरी देशकै नाममा नयाँ संवत् प्रचलनमा ल्याउने अठोट (निधो) गरे त्यसबेलाको प्रचलित नियमअनुसार आफूसँग भएको सम्पत्तिमा तीन खण्डको एकखण्ड (एक तिहाइ) राजस्व बुझाउनुपर्ने भए अनुसार सो तिरी प्रचलित शक संवत् ठाउँमा राजा राधवदेवसँग स्वीकृति लिई उनले "नेपाल संवत" प्रचलनमा ल्याएका हुन् । यसरी शंखधर साख्वाः को उदारता महान् व्यक्तिलाई सबै सामु परिचित गराउन प्रजातन्त्र पुनस्थापना पछि वि.सं. २०५६ साल मङ्सिर २ गते उहाँलाई राष्ट्रिय विभूतिको रूपमा घोषणा गरियो । यसरी साख्वाःसँग सम्बन्धित जनश्रुति, साहित्यिक तथा पुराताìिवक कुरालाई अध्ययन गरी तुलनात्मक रूपमा अनुसन्धानका लागि विद्धानहरूमा अनुरोध पनि गरिएको थियो ।

नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको २०५६ साल स्मरण गर्दा आज १० वर्षमा प्रवेश भइसक्दा पनि राज्य पक्षबाट यसको मूल्य र मान्यतालाई केही ध्यान नदिई उचित कदम नउठाएको देखिएको छ । अतः यो संवत् कुनै विदेश मुलुकबाट प्रवेश गरेको नभई आफ्नै मौलिक संवत् भएकोले आज मुलुक लोकतान्त्रिक र गणतन्त्रमा प्रवेश भई सकेको सन्दर्भमा यो नेपाल संवत्लाई मुलुकभित्र व्यवहारमा परिचालन गर्नसक्नु नितान्त आवश्यक देखिन्छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 164
  • 2598 reads
Tweet facebook

शँखधरलाई सरकारी सम्पत्ति निजी

अतिथि — Thu, 11/04/2010 - 00:16

शँखधरलाई सरकारी सम्पत्ति निजी बनाएको कारणले जरीवाना तिराउनु पर्ने थियो । चोरिएको धनको एक तिहाइ बुझाएर पुग्ने भए चोरी गर्नु लाई राज्यले मान्यता दिएको बुझिन्छ। राघवदेवले सबै कुरा बुझ्दा-बुझ्दै पनि त्यस्तो गरेको भए उनी पनि दोषी हुन्। राज्यको सम्पत्ति राज्यले नै चलाऊने हो, व्यत्क्ती ले आफु-खुशी बांड्ने हैन(प्रस्तुत लेख कै अनुसार)। त्यसो भए शंखधर त अहिलेका कर छल्ने व्यापारीहरुका गुरु पो ठहरिए । आफ्नो हो भन्दैमा सबै चिज राम्रो नहुन पनि सक्छ। त्यस्को स्वतन्त्र विश्लेषन गरेर मात्र उपयुक्त सम्मान दिन ठीक हुन्छ।

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • भावुक बनायाे
    1 day 9 hours ago
  • सानो आग्रह गरे है सर
    2 days 4 hours ago
  • कत्रो दुर दर्शिता
    6 days 13 hours ago
  • सुनमा सुगन्ध हुने थियो कि
    1 week 4 hours ago
  • appreciate
    4 weeks 6 days ago
  • आभार
    5 weeks 7 hours ago
  • बहुत खुब कहिल्छि ।
    5 weeks 3 days ago
  • आभार प्रकट गरे
    5 weeks 5 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    5 weeks 5 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    5 weeks 6 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • सरस्वती वन्दना
  • तिमी शितल दिने छायाँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • म पानी हुँ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • प्रेमिलहरूको प्रेम दिवस
  • विद्यार्थी हुँ म
  • कुकुर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • काली
  • समयकाे धुन
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • देशभक्त हुँ म
  • महलकी रानी
  • नेपाल मेरो घर
  • सहकारी नारा (कविता)
  • शुभ दिन बिहानीको
  • गजल
  • आग्रह
  • हाम्रो बारेमा
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • ब्रम्हास्त्र प्रहार गर्छ्यौ
  • यति धेरै माया दिई मनभरि दुख नदेऊ
  • पहिलो माया
  • नयाँ वर्ष
  • कविता : जिन्दगी....
  • फेवातालमा साईली
  • राष्ट्रिय तामाङ साहित्य सम्मेलन २०१२ सम्पन्न
  • दिल्ली महात्म्य
  • मे दिवस
  • जिन्दगी
  • सुवास तिमीमा
  • दुई मुक्तक (यस्तो लाग्यो यो घामको राप)
  • के कुरा गरुँ
  • जुन फूल रोजेँ मैले
  • यो शुभ-दीपावलीमा सबलाई शुभको कामना
  • अतिथिदेवो भव
  • कस्ले सके लड्दालड्दै धरहरालाई रोक्न?
  • एक हुल मान्छेहरु
  • पुरानो सम्झना
  • नेपाली मुस्लिमको इतिहास खोतल्दा
  • सम्बन्ध
  • मेरी उनी
  • ए नेता
  • एउटा बिशेष उपहार
  • दुई मुक्तक (बढाएको छ, महत्व हुन्छ)
  • जिन्दगी हो आँसु हाँसो
  • आमा बन्ने रहर
  • फैलियो माया दुबो सरी
  • तिमी फेरिन्छ कि भनेर
  • फुल्दा फुल्दै प्रीत हाम्रो
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित