Skip to content

आउन सकिन दिदी यसपाली तिहारमा

आगनीमा बसी हे मेरी दिदी
परदेशी भाइ आउछ कि भनि
त्यो बाटो नहेरेस
यो सालको तिहारमा म आउन सकिन
सप्तरंगी टिका, फूलको माला उनेर
थालीमा नराखेस |
ओइलाई जाला त्यो फुको माला
दैलामा सजाई देऊ
निधारमा लाउने सप्तरंगी टिका
फोटामा लगाई देऊ
देऊशे र भैले आउदा खेरि
हासी र खुसि नांलामा चामल
पालामा बत्ति बालेर राखी देऊ
हे दिदी बालेर राखी देऊ |||

Leave a Reply

Your email address will not be published. Required fields are marked *