Skip to content

पर्ख समयले दिएको चोट्

पर्ख समयले दिएको चोट् समयले’नै निको बनाउँछ
नबोलाउँनु निष्ठुरी भनी मलाई छातीको घाऊँ चर्किन्छ

कहाँ खुशी हुन्छु,म पनि तिमीलाई चट्टक्कै भूल्नुपर्दा
चस्केर दुख्छ मुटु मेरो तिमीले निष्ठुरी भनी बोलाउँदा

हिजो मीलनका याद तिमी आज उपहार सम्झेर जिउँनु
बिछोड्को घाऊँमा तिरष्कार गरेर धारिलो छुराले नरेट्नु

चोट् सहेरै भएँ पनी तिमीले मेरा भूलहरु माफी गरीदिनु
मुटुलाई चिरा-चिरा पारेर निष्ठुरीको नाम तिमीले नदिनु

चलनहरु यहाँ यस्तै रहेछन,कोही खुशी’नै-खुशी जिउँछन
कोही भने यहाँ टुक्रिएको खुशी गँहमा भरी निलेर मर्छन

गीता थापा (दोषी)
ईजरायल

8 thoughts on “पर्ख समयले दिएको चोट्”

  1. तपाईंका कविता उत्तम नै
    तपाईंका कविता उत्तम नै हुन्छन, तर पनि यस कविता चैं तेत्तीको दम भेटिएन
    मलाई लाग्छ सृंगारमा अलि कम ध्यान दिनु भएको छ यस कवितामा/
    यो मेरो व्यक्तिगत प्रतिक्रिया हो. अरुलाई भरिपुर्ण पनि लाग्नसक्छ /
    आशा छ आउँदा कवितामा सुधार हुनेछ /

    साहित्याकाशमा प्रगति पथको शुभकामना !!!!!!!!!

    अनि यो झिलिमिली पर्व तिहारको पनि शुभकामना !!!!!!

    आशांक उपाध्याय
    नेपाल

  2. gita ji kabita ramro lagchha
    gita ji kabita ramro lagchha tapaiko ramro chha kabita man rune birahi khalo,
    rahechha man nai pirolyo, sabai haraf harule ik ik artha boke pani yo…..

    नबोलाउँनु निष्ठुरी भनी मलाई छातीको घाऊँ चर्किन्छ

    कहाँ खुशी हुन्छु,म पनि तिमीलाई चट्टक्कै भूल्नुपर्दा
    चस्केर दुख्छ मुटु मेरो तिमीले निस्ठूरी भनी बोलाउँदा

    हिजो मीलनका याद तिमी आज उपहार सम्झेर जिउँनु
    bhanne sada lekhanma agadi badhi rahanu hola
    mina bantawa,

  3. mera sabai mitraharulaai
    mera sabai mitraharulaai dhanyabad,
    mera kami kamjori Aulaai diera malai sadhai sachet paridinu hunecha bhanne aasha gardai hamro mahan chad shubha deepawaliko punit absarma happy tihar bhanna chahaanchhu!
    dhanyabaad yahaharu sabailaai!
    geeta thapa
    israel

  4. Narayan gopal sir ko yaad
    Narayan gopal sir ko yaad aayo, narayan gopal ko gita ko sabdaharu paae hank you very much…..

    Durga & Sabin
    Kuwait.

  5. नबोलाउँनु निष्ठुरी भनी मलाई
    नबोलाउँनु निष्ठुरी भनी मलाई छातीको घाऊँ चर्किन्छ

    चस्केर दुख्छ मुटु मेरो तिमीले निष्ठुरी भनी बोलाउँदा

    yo laharharu katai namile jasto lagyo katai bata uchitie jasto pahilo lahar narayan gopal ko git bata bhane dosro line Lakpa Sherpa daaiko git bata uchhittie jasto lagyo aafno maulik sirjanalaii angalnu hola
    Your Fan
    Pramod Upadhya
    Qatar (AG)

  6. गीता जी म ढिलो भए आजकाल मेरो
    गीता जी म ढिलो भए आजकाल मेरो नेटले हावा खाको छ तैपनी आज यसो हेर्न पुगे सबै ठिकै छन, अरु पनि लेख्दै जानुहोला। धन्यवाद सबैमा आफ्नो भावना बाँड्नु भएकोमा।

    बि. जे. बान्तवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *