Skip to content

महाकवि देवकोटा र ईश्वर बरालको सानो कथा

  • by

महाकवि देवकोटालाई नेपाली भाषा बोल्ने तमाम नेपालीले मन पराए । नेपालीले मात्र होइन, नेपाली भाषासाहित्यका सन्दर्भमा प्रविष्ट अन्य मुलुकका बौद्धिक जगत्ले पनि देवकोटालाई मन पराए । किनभने देवकोटा नेपाली साहित्यकाशका एउटा सिङ्गो तारा तारा थिए । उनको महानतालाई सबैले एकै मतले मन पराए । उनको महानता भनेको उनले गरेको नेपाली भाषाको सेवा हो । नेपाली साहित्यभण्डारमा जम्मा भएका उनका कृतिले उनको व्यक्तित्वलाई सदैव उच्च राखिरहे । खास गरेर उनको ‘मुनामदन’ ले उनलाई जनमानसमा स्थापित नै गरिदियो ।

महाकवि देवकोटालाई धेरैले माया गरे, मन पराए र श्रद्धा गरे । उनले शिवपुरी बाबासँग पनि तीन महिना सङ्गत गरे । किनभने बाबाले उनलाई कदर गरेका थिए । देवकोटाको जीवनमा दुःखसुखको साथ दिने केही व्यक्तिहरू देखा परे । उनका खुसी, हाँसो, दुःख र आँसुमा साथ दिनेहरूमध्ये भीमनिधि तिवारी, योगी नरहरिनाथ, सिद्धिचरण श्रेष्ठ, सूर्यविक्रम ज्ञवाली, केशरशमशेर ज.व.रा., गोपाल पाँडे ‘असीम’, बदरीनाथ भट्टराई, नरप्रताप थापा, विष्णुमणि आचार्य, डा. पिनाकीप्रसाद आचार्य, सोमनाथ घिमिरे व्यास, शुक्रराज शास्त्री, बाबुराम आचार्य, भवदेव पन्त, झपटबहादुर राणा, सुब्बा ऋद्धिबहादुर मल्ल, श्यामप्रसाद शर्मा, दाताराम शर्मा, डा. सुनदरराज चालिसे, जगदीशशमशेर राणा, कुलचन्द्र कोइराला, दान खालिङ, हरिलाल श्रेष्ठ, देवेनद्रराज उपाध्याय, कन्चन पुडासैनी, नरेन्द्रबहादुर शाह, बलराम श्रमजीवी, पुण्यप्रभादेवी ढुङ्गाना आदि थिए ।

महाकवि देवकोटाकै प्रेरणाले भीमदर्शन रोक्काले कविता लेखिरहे र उनले देवकोटालाई पछिसम्म साथ दिइरहे । त्यसबाहेक उनीसँग प्रायः सााठगाँठ गरिरहनेमध्ये चन्द्रबहादुर श्रेष्ठ, नारायणप्रसाद बाँस्कोटा र वसन्तकुमार नेपालहरू थिए । उनीहरूले पनि महाकवि देवकोटालाई हृदय खोलेर सेवा गरिरहे । त्यसबखत देवकोटाका छेउमा आउनेजाने उनका प्रियजनहरूको सल्लाह, सहयोग र सद्भावनाबाट देवकोटालाई जीवन धान्न धेरै साहस प्राप्त भएको थियो । उनले सघाउपघाउ गर्ने र देवकोटाले पनि घनिष्ठता जोडेका प्रमुख व्यक्तित्वहरूमा इश्वर बराल पनि एक हुन् ।

१९९९ सालको कुरा हो, एक दिन पुतलीसडकमा महाकवि देवकोटा एक हातले साइकल डोर्‍याउँदै र अर्को हातले आˆनो बिर्के टोपी हावामा हल्लाउादै हिँडिरहेका थिए । उनी एक सुरमा हिँडिरहेको बेला उनको साइकल लड्यो र उनी पनि पछारिए । त्यतिबेला उनलाई उठाउने ईशवर बराल थिए । लड्ने मान्छे लक्ष्मीप्रसाद देवकोटा हुन् भन्ने बरालले त्यसै दिन थाहा पाए । अनि त्यस समय देवकोटाले आˆना घरमा लगेर बराललाई खाजा खुवाए । त्यसपछि बराल बराबर देवकोटालाई भेट्न जान थाले ।

महाकवि देवकोटालाई भेटेताका नै ईश्वर बरालले उनका बारे ‘ती एकतमासका प्रकाढ वेदनाले छटपटाइरहेका छन्’ भन्ने बेहोरा लेखे । क्रमशः देवकोटाप्रति बरालले सदैव प्राज्ञिक आदर गरिरहे । बरालले नै उनलाई सुरुदेखि नै धुमधामले लिखित अर्चना पनि गरे । त्यतिबेला कसैले मनमा पनि नेपालको महाकवि भन्ने शब्द बरालले नै देवकोटामाथि उद्घोष गरे । नेपाली भाषासाहित्यमा जनस्तरबाट देवकोटालाई महाकवि’ को पदवीको घोषणा गर्ने इश्वर बरालनै पलिलो नेपाली थिए ।

उनले २४ सालको कात्तिक मङ्सिरमा बनारसबाट प्रकाशित हुने ‘उदय’ नेपाली मासिकमार्फत् देवकोटालाई ‘महाकवि’ लेखेका थिए । त्यसपछि देवकोटाको त्यो पदवी सर्वमान्य पनि भइदियो । बरालले त्योभन्दा अघि अर्थात् २००२ सालको कात्तिकमा पनि ‘उदय’ मार्फत् देवकोटालाई ‘पण्डित’ लेखेका थिए । त्यति बेला ठूला विद्वानलाई मात्र पण्डित लेखिन्थ्यो । महापण्डित राहुल साङ्कृत्यायनले देवकोटालाई ‘भारतका प्रसिद्ध कवि पन्त, प्रसाद र निराला जोडेर एउटा देवकोटा बन्छ’ लेखेको आठ वर्ष पहिला नै बरालले देवकोटाका लेखनले अङ्गे्रजी भाषाका कवि वर्डस्वर्थको संस्मरण गराउँछ र हिनदी भाषाका कवि सुमित्रानन्दन पन्तसाग धेरै विशेषता मिल्न जान्छ भनेका थिए । साथै २००२ सालमा नै बरालले ‘देवकोटाजस्तो प्रौढ मस्तिष्क आज नेपाली साहित्यमा पाइन मुस्किल नै छ । उहाँलाई पाएर नै हाम्रो साहित्य र देश गौरवान्वित छ’ भने ।

महाकवि देवकोटा बनारस बसेताका उनलाई सहयोग गर्ने प्रमुख व्यक्ति पनि ईश्वर बराल नै थिए । यसबारे देवीप्रसाद वनवासीले पनि लेखेका छन. ‘२००७ साल अगावैदेखि देवकोटालाई रचनात्मक सहयोग गर्ने ईश्वर बराल अग्रगण्य देखिन्छन् ।’ त्यतिबेला नेपाली राष्ट्रिय काङ्ग्रेसले देवकोटालाई लथालिङ्ग अवस्थामा छेाड्दा बरालले नै देवकोटालाई बचाउने प्रयत्न बोकेका थिए । उनले त्यस बेला देवकोटालाई उचालेर टीकादत्त धितालको ‘नेपाली सौभाग्य पुस्तकालय’ नामक पसलमा पुर्‍याएका थिए । वास्तवमा देवकोटाले बरालले जसोजसो भन्थे त्यसोत्यसो मान्थे । देवकोटाले आफूप्रति बरालको स्नेह सधैँ आˆना कानमा पनि सिउरिरहे । साथै बरालले सम्पादन गरेका पत्रिकामा पनि देवकोटाकै वर्चश्व कायम हुन्थ्यो । त्यसबेलादेखि बरालले आफू बाँचुन्जेल देवकोटाको व्यक्तित्व र कृतित्वमा प्रकाश पारेर विविध लेखहरू लेखिरहे । देवकोटालाई अरूले पागल भने पनि यस कुरालाई बरालले कहिल्यै मान्यता दिएनन् । यस विषयमा पनि उनले लेखे ‘देवकोटा बहुलाएका थिएनन् । ती सद्धे नै थिए । समाजका अनेक विषमताले गर्दा ती त्राण पाउन उकुसमुकुसमा छड्किरहेका थिए ।’

महाकवि देवकोटाले पनि बरालको योगदानको प्रशंसा गरे । त्यही क्रममा उनले नेपाली भाषासाहित्यका प्रतिनिधि समालोचकमध्ये ईशवर बराल पनि एक हुन् भने । खास गरेर उनले रुसको तासकन्दमा अफ्रोएसियाली लेखक सम्मेलनमा आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा पनि बरालको नाउँ जोडेका थिए ।

शनिबार, गोरखापत्र
आश्विन ३१, २०६६

Leave a Reply

Your email address will not be published. Required fields are marked *