Skip to content

भाइटिका नचुन भो चेली

  • by

मखमली फूल माला नउन भो चेली
सप्तरंगी भाइटिका नचुन भो चेली

एकपछि अर्को आउने चाडपर्वमा
सगै रम्ने मन्मा इच्छा नबुन भो चेली

एकै हुन्न मानिसको बानी ब्याबहार
जाली फटाहाका कुरा नसुन भो चेली

बाद्यता भो सामन्तको जाल्ले टाढा हुन
मनभित्र क्रांति ज्वाला नथुन भो चेली

(आहुति गजल संग्रहबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *