Skip to content

आएँ आएँ फर्की आएँ
राजेश रुम्बा लामा
मरुभूमिमा पसिना बगाई
पाल्न बुडी आमा !
दर्शन गरें दिदी बहिनी
दर्शन गरे दाइलाई
सलाम ठोकें कर्म योगी
बीर नेपाली भाइलाई!!
सुनौनालाई खबर छैन
छैन अमन चैन
मनपरीतन्त्र नेपालको
के गरौं र बयान!
जत्ताततै मार मार छ
जहिले पनि बन्द
सगरमाथा झैँ फोहोरको थुप्रो
देशै कुहिएको गन्ध !!
गणतन्त्र आको भन्थे
मनपरीतन्त्र पो आएँछ
नपाउनेले खान पाको
लाजै नमानी खाएछ !
जसलाई पनि घुम्ने कुर्ची
सत्ता भत्ता चाहिएको
त्यो पाउनलाई बिदेशीको
पाउमा ढोकना धाएको!!
देशैभरि अन्धकार छ
लोडसेडिंग बढेर
नेता घुम्छन् आफ्नै देश
हावैजाहजमा चडेर!!
संबिधान लेख्छौं भन्छन
त्यही कुर्चीलाई ताना तान
जनताको लागि मै हूँ भन्छन
सत्ताकै लागि हानाहान!!
के सुनाउँ र देशको मैले
पूरानै छ त्यो रोग
हुने खाने त सधैं माथि
गरीब जनताको छ बिजोक

राजेश रुम्ब लामा
दोह कतार,ग्रुप फोर

2 thoughts on “फर्की आएँ”

  1. राजेशजी,
    नेपालमा निकै लामो

    राजेशजी,

    नेपालमा निकै लामो समय बस्नुभयो क्यार! यतातिर नदेखेको धेरै भयो। बिदा राम्रोसँग बितेछ; खुसी लाग्यो। काममा सफलता मिलोस्!

    1. के बि स सर
      हजुरले मेरो केर

      के बि स सर
      हजुरले मेरो केर गर्नु भाको मा सो थेन्ग्स ल,! हो मो धेरै लामो समय बसे र बसाई पनि रमाइलो नै भायो!!.के गर्ने सर जहाँ पनि व्यस्तै ब्यस्त हुनु पर्ने यो दुखि को जिन्दगि.! कामनाको लागि पनि थ्याँग्स . मो पनोई कामना गर्छु हजुरमा पनि सधा सुख शान्ति छावाश ,

      राजेश रुम्बा लामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *