Skip to content

यसरी जन्मन्छन् डोबहरू


बस्ती सुनसान छ
मनभित्रको ……
बसाई सरेर गएपछि
आफ्ना भन्नेहरू
बाटो
दोबाटो साक्षी छ
कति खोजे
तिम्रा डोबहरू।

डोबहरू न हुन् मान्छेका
कहाँ भेटिन्छन् र नजरहरूमा
कहाँ देखिन्छन् र आकृतिहरू
हेर्नेहरू जति निश्चल भए पनि …
मुकुण्डो लागेपछि
आफ्नै परिचयमा
डोबहरूले
हस्तक्षेप गर्छन
डोबहरूले डोबहरूलाई
अस्थिथो खोज्छन आफ्नै
आफ्नाहरूको बिचमा
लड्दा लड्दै आफ्नासँग
खोज्दा खोज्दै सर्बोच्ता
नयाँ डोब जन्मन्छ
डोबहरूबिच …
……………………………..

जुम्ला कर्णालीबाट,

Leave a Reply

Your email address will not be published. Required fields are marked *