Skip to content

ओ हो! आज मैले कविता
लेख्न छुटाएछु ,
मेरो दुख सुखका भावहरू
कापीमा पोख्ने क्रम टुटाएछु !
आफ्नु अमुल्य पलहरू
बेस्या समयलाई लुटाएछु,
उदास लाग्दो मेरो जिन्दगीको
कथा व्यथा पोख्न छुटाएछु!!
व्यर्थै एक्लै बसी दिलको घाउ
हावा अघि फुटाएछु,
त्यही घाउलाई कापी माझ
कोरी राख्न छुटाएछु !
ओ हो! आज मैले गीत
लेख्न छुटाएछु
मुल्यबान समयको घरलाई
त्यसै बसी सीसासरि फुटाएछु
सीसासरि फुटाएछु………….

राजेश रुम्बा लामा
दोहा.कतार,

[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *