Skip to content

अधम भएछु, डर लाग्दैन
आँफैलाई आफ्नो भर लाग्दैन

भन्यौ जाली र पापी मान्छे
सोच्नलाई तिम्ले कर लाग्दैन

देखेको छैन, सास पथ्थरमा
छ जस्तो कही ईश्वर लाग्दैन

मायाको वस्ती, शङ्काको झिल्का
सल्कन आगो प्रहर लाग्दैन

आशे खेती, नगर् “अनुभव”
फाटेको दुधमा तर लाग्दैन

अधम भएछु, डर लाग्दैन
आँफैलाई आफ्नो भर लाग्दैन

लेखनाथ-४ नेपाल

3 thoughts on “म”

  1. रोचक गजल फेरी पनि पड़न पाउदा
    रोचक गजल फेरी पनि पड़न पाउदा खुसिलाग्यो

    अधम भएछु, डर लाग्दैन
    आँफैलाई आफ्नो भर लाग्दैन

    हदसम्म ब्येवस्थित हुने आशा लिएको छु नव प्रतिभा एक भानुभक्त मोतीराम र लक्ष्मी प्रसाद भएर जन्म होस्………….!!!!

  2. अधम भएछु, डर लाग्दैन
    आँफैलाई

    अधम भएछु, डर लाग्दैन
    आँफैलाई आफ्नो भर लाग्दैन

    dherai wajandaar sabda jun dherai chijlaai aulaa thadyaauna sakchha yasko lagi dherai dherai dhanyabaada sabai share garnu bhaeko ko maa anubhab jee, aru sirjana gardai januholaa sahityik yaatraako shubhakaamana

    BJ

  3. मनोज जि एवम बान्तवा जि
    मनोज जि एवम बान्तवा जि प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद!

Leave a Reply

Your email address will not be published. Required fields are marked *