Skip to content

चाहे मर्नु मैले परोस्

म चाहन्छु तिमी हाँस चाहे मर्नु मैले परोस्
तिमी फुल्नु लाली गुराँस चाहे झर्नु मैले परोस् ॥ 

मेरो कुनै अंग दिँदा तिम्रो जीवन बाँच्छ भने
हाँसी हाँसी दिन्छु हेर चाहे सढ्नु मैले परोस् ॥

मेरो जीवन रहेसम्म तिमीलाई बचाउँछु
अधकल्चो शरीर बोकी चाहे अड्नु मैले परोस् ॥

बेसाहारा हुने छैनौ मेरो प्राण रहेसम्म
तिमीलाई बचाउँछु सुली चढ्नु मैले परोस् ॥

एक्ली हुने छैनौ तिमी मेरो सारा खुशी दिन्छु
स्वीकार्य छ आँशु भेलमा चाहे बग्नु मैले परोस् ॥ 

पृथ्वीनारायण न पा १० गोरखा हाल
नबोदित साहित्यीक वाचनालय दोहा-कतार

1 thought on “चाहे मर्नु मैले परोस्”

  1. बर्देवा जी, यहाँको प्रस्तुती
    बर्देवा जी, यहाँको प्रस्तुती राम्रो लाग्यो सधैं पढ्न पाइओस्
    यहाँलाई प्रगतीको सुभ-कामना छ!
    धन्यवाद
    गीता

Leave a Reply

Your email address will not be published. Required fields are marked *