म चाहन्छु तिमी हाँस चाहे मर्नु मैले परोस्
तिमी फुल्नु लाली गुराँस चाहे झर्नु मैले परोस् ॥
मेरो कुनै अंग दिँदा तिम्रो जीवन बाँच्छ भने
हाँसी हाँसी दिन्छु हेर चाहे सढ्नु मैले परोस् ॥
मेरो जीवन रहेसम्म तिमीलाई बचाउँछु
अधकल्चो शरीर बोकी चाहे अड्नु मैले परोस् ॥
बेसाहारा हुने छैनौ मेरो प्राण रहेसम्म
तिमीलाई बचाउँछु सुली चढ्नु मैले परोस् ॥
एक्ली हुने छैनौ तिमी मेरो सारा खुशी दिन्छु
स्वीकार्य छ आँशु भेलमा चाहे बग्नु मैले परोस् ॥
पृथ्वीनारायण न पा १० गोरखा हाल
नबोदित साहित्यीक वाचनालय दोहा-कतार
बर्देवा जी, यहाँको प्रस्तुती
बर्देवा जी, यहाँको प्रस्तुती राम्रो लाग्यो सधैं पढ्न पाइओस्
यहाँलाई प्रगतीको सुभ-कामना छ!
धन्यवाद
गीता