Skip to content

नेपालको तराई-मधेस भू-भागमा ठूलो चाडका रूपमा मनाइने छठ-पर्व कार्तिक महिनामा धूमधामका साथ मनाइन्छ । यो पर्व हिजोआज नेपालको तराई-मधेस भू-भागमा सीमित नरही राजधानी काठमाडौं लगायत विभिन्न भू-भाग र ठाउँहरूमा मनाउन थालिएको हिन्दूहरूको महान् चाडको रूपमा चिनिए पनि मुस्लिम धर्मावलम्बीहरू लगायत अन्य धर्मावलम्बीहरूले यो चाड मनाउनु यस चाडको विशेषताको रूपमा लिइन्छ । साथै यो चाडले धार्मिक सहिष्णुता बढाउनुमा उत्तिकै महत्त्वपूर्ण योगदान गरेको छ ।

कार्तिक महिनाको सुरुआतसँगै जनमानसमा एउटा छुट्टै उत्साह, आनन्द र धार्मिक निष्ठाको वातावरण सिर्जना हुन्छ । जलजिभ्रोमा छठ पर्वको नाम झुण्डिन थाल्दछ । छद पर्व यसपालि कसरी मनाउने ? आˆनो घर आँगनको सर-सफाइ कसरी गर्ने ? भन्नेतर्फ मानिसको ध्यान केन्द्रित हुन थाल्दछ । धार्मिक निष्ठाले भरिएको जनमानसमा एक किसिमको नवीन उत्साहको सञ्चार हुन्छ ।

छठको पहिलो दिन अस्ताउँदो सूर्य र दोस्रो दिन उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्वलाई समाप्त गरिन्छ । अर्थात् यस पर्वमा खासगरी सूर्यको पूजा आराधना गरिन्छ । वैज्ञानिक दृष्टिकोणले पनि सूर्यको किरण छालामा पर्नु छालाको लागि लाभदायक मानिन्छ र छालासम्बन्धी रोगहरू निको हुन्छ । संसारमा सूर्य पूजाको परम्परालाई हेर्ने हो भने सबै धर्म, समुदाय र युगमा सूर्यको पूजा भएको पाइन्छ । नेपाल लगायत संसारको अरू सभ्यताहरूमा पनि सूर्य देवको पूजा भएको पाइन्छ । बेबिलोनका निवासीहरू सूर्यलाई पूजा गर्दथे भने युनानी परम्परामा सूर्य देवतालाई ‘अपोलो’ को रूपमा पूजा -आजा गरिन्छ । जापानीहरू इजानागी र इजानामीलाई आदि पुरुष र आदि नारीको रूपमा मान्ने गर्दछन् र यी आदि पुरुष र आदि नारीबाट नै सूर्य पूत्रको जन्म भयो भन्ने विश्वास राख्दछन् । त्यसैगरी मिश्र सभ्यतामा ‘एटम’ अथवा ‘रे’ भनेर सूर्यलाई सम्बोधन गरियो ।

नेपालमा अस्ताउँदो सूर्यलाई पूजा गर्दा यसलाई छठीमाताको पूजा भनिन्छ र उदाउँदो सूर्यलाई पूजा गर्दा दीनानाथको पूजा अर्थात् सूर्यको पूजा गरिएको ठानिन्छ । वेदग्रन्थहरूमा पनि छठीपूजाको भोलिपल्ट अर्थात् सप्तरी, तिथिको देवता सूर्यलाई नै मानिएको छ ।

छठ पूजाको सुरूआत कहिलेदेखि भयो ? यसको कुनै लेखाजोखा छैन । यसको कुनै एकीन इतिहास छैन । वेद-पुराणहरूमा पनि छठी पूजाको शुभारम्भको बारेमा विभिन्न मिथकहरू, कथाहरू भनिएको पाइन्छ ।

कोहि्रया मांगे निर्मल काया, निर्धन मांगे धनेधान आन्हर मांगे नयन के ज्योति, बाँझिन मांगे पुत्रलाभ, हे छठी यस प्रकार छठीमातालाई मनोकांक्षा पूरा गर्ने देवीको रूपमा लिइन्छ ।

नेपालको तराई-मधेसमा साथै हिजो-आज मनाइने हरेक ठाउँमा दीपावलीको दिनदेखि नै छठ पर्वको सुरुवात भए जस्तो देखिन्छ । तै पनि खासगरी चार दिनसम्म छठ धामधाकसँग मनाइन्छ । कार्तिक महिनाको सुरुआतसँग छठी पूजा हुने समाजमा व्रत बस्ने वा न बस्ने कसैले माछा, मासु भोजन ग्रहण गर्दैन । तर छठी पूजाको पहिलो दिन अर्थात् कार्तिक शुक्ल चौथीको दिनदेखि विशेष शुद्धता अपनाइन्छ । यस दिनदेखि व्रत बस्ने दिदीबहिनीले खानामा लसुन प्याज, मसुरोको दाल, कोदो समेत परित्याग गर्दछ । खासगरी यो पर्वलाई महिलाहरूले मनाउने पर्वको रूपमा लिए तापनि हिजोआज यो पर्व पुरुषहरूले समेत गरेको पाइन्छ । यो पर्वको पहिलो दिन अर्थात् चौथीको दिनलाई ‘नहान-खान’ को दिन भनिन्छ , जुन यो ब्रत बस्नेहरूले स्नान-ध्यानगरी खासगरी अरूवा चामलको भात, रहरको दाल लौकाको तरकारीको खाना बनाई खान्छन् । यो पर्वको दोस्रो दिन अर्थात् पञ्चमीको दिनलाई ‘खरना ‘ भनिन्छ । यस दिन दिनभरि नै उपवास बसी बेलुका चन्द्र दर्शन, गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सख्खर दूध र चामलको खीर पकाइन्छ । सो खीर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइसकेपछि व्रतालुले प्रसादको रूपमा ग्रहण गर्दछ र परिवारका अन्य सदस्यहरूले पनि प्रसादको रूपमा ग्रहण गर्दछ । यो पर्वको तेस्रो दिनलाई यस पर्वको प्रमुख अंशको रूपमा लिइन्छ । जुन दिनलाई ‘सम्झिया घाट’ भनिन्छ । यो दिन विहानैदेखि चामल र गहूको पीठो ठेकुवा कसार लगायतका विभिन्न परिकारहरू तेल घिउमा पकाइन्छ । यो दिन साँझमा तयार पारिएका ठेकुवा कसार परिकारहरू, पाँचथरीको मिठाई, ऊखु, अदुवा नारिवल मूला सुथनी सुपारी ल्वांग सुकमेल लगायतका प्रसादहरू (पूजा सामग्री) बाँसबाट तयार गरिएको टोकरी (दउरा), नाङ्लो, सिपुलीमा राखेर साथै शुद्ध जल र गाईको दूध सहित व्रतालु र व्रतालुका परिवारका सदस्यहरू नजिकको जलाशयमा जान्छन् । जहाँ विभिन्न किसिमका बाजागाजा, मनोरञ्जनात्मक कार्यक्रमहरू, सांस्कृतिक कार्यक्रमहरू गरिन्छ । छठको परम्पारिक गीत र मङ्गलमय धूनले त्यहाँको वातावरण झन् उल्लासमय बनेको हुन्छ । सूर्य अस्ताउन थालेपछि पहिलो अर्घ दिइन्छ । अर्घ दिएपछि ब्रतालुहरू आ आˆनो घर र्फकन्छन् । तर हिजोआज व्रतालुहरू घर नफर्की त्यही घाटमै रातभरि जाग्राम बस्छन् । त्यहाँ कसै कसैले भाकल गरे अनुसार विशेष पूजा गरिन्छ, जसलाई “कोशीया” भनिन्छ । भोलिपल्ट अर्थात् कात्तिक शुक्ल सप्तमीको दिन व्रतालुहरू उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो महापर्वको महानयात्रा यही समाप्त भएको मानिन्छ । यो पर्वको समापन भएपछि पनि व्रतालुहरूले प्रसादसहित आˆनो घरको देवता, इनार, कल (ट्युवेल) को पूजा गरी सो प्रसादलाई माग्नेहरू बीच बाँडी त्यसपछि व्रतालुहरूले साविकको जस्तै अन्नजल ग्रहण गर्दछन् । यसप्रकार तराई मधेश लगायत नेपालको विभिन्न ठाउँमा यो चाड मनाइन्छ ।

शनिबार, गोरखापत्र
कार्तिक ७, २०६६

Leave a Reply

Your email address will not be published. Required fields are marked *