Skip to content

तिमी पाएँ देखि बाट

तिमी पाएँ देखि बाट बाँच्न औधी रहर लाग्यो
तिमीलाई नै’देवता मानी पूज्न मन पो लाग्यो

रहर गर्नु भयो कि भूल सोच्नु भयो कि पाप
सपनीमा तिमीलाई आई सताउँ-सताउँ झै लाग्यो

भन्नेले नि जे-जे भनुन सुन्नेले जे-जे सुनुन
मनका सारा हाँसो तिमीलाई चढाउँ झै लाग्यो

धर्तीमा तिमी जन्मिएको मेरै निम्ती हौंकी भनी
एकान्तमा आँफैलाई आज सोधुँ-सोधुँ झै लाग्यो

गीता थापा (दोषी)
ईजरायल

6 thoughts on “तिमी पाएँ देखि बाट”

    1. GITA JI RAMRO LAGYO RACHAANA
      GITA JI RAMRO LAGYO RACHAANA MAN PARNE KHALKO RAHECHHA,,,.

      रहर गर्नु भयो कि भूल सोच्नु भयो कि पाप

      भन्नेले नि जे-जे भनुन सुन्नेले जे-जे सुनुन

      FANTASTIK,,THANKS GITA JI..

      BANTAWA “MIRDU”

  1. गीता जी अजापानी यो गीति कविता
    गीता जी अजापानी यो गीति कविता पढेर मनमा उमङ्ग पलायो
    साच्चिकै आफुले चाहेको मान्छेसंग कुरा गरम दिन गुजार्न अनि जीवन गुजार्दा कति भयानक खुसि पाइन्छ होला..
    भन्नेले वा सुन्नेले जे सुकै भने पनि मनले मनपरेपछी के को डर भो र निर्धक्क हुनुस अनि सफलताको कामना ……….

    आउदा दिन मा पनि येस्तई कोशेली पड़न पाइयोस

    रहर गर्नु भयो कि भूल सोच्नु भयो कि पाप
    सपनीमा तिमीलाई आई सताउँ-सताउँ झै लाग्यो

  2. Fantastic Gita jee, gajalakaa
    Fantastic Gita jee, gajalakaa sabai lahar haru utikai damdaar chhan kunai laai maile chhodnai sakina aru rachanako kaamana garadachhu.

    Tnx.

    BJ Bantawa

  3. रहर गर्नु भयो कि भूल सोच्नु
    रहर गर्नु भयो कि भूल सोच्नु भयो कि पाप
    सपनीमा तिमीलाई आई सताउँ-सताउँ झै लाग्यो

    सताउनु को मज्जा अर्कै दिनको बिपनीमा
    किन रोज्या गीताजी ले रातको सपनीमा
    पोख्नुभयो गजल मा भित्रि मनका कुरा
    प्रार्थना छ इश्वर मेरो गरि देउ पूरा

    बिमल गौतम
    हाल साउदी अरेबिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *