Skip to content

ज्यानै दिंदा पनि हुन्न निष्ठुरीलाई किन किन
गरीबको छोरोसंग इच्छा के छ भन तिमी

संसार छोडी तिम्रै साथ पाउनलाई तड्पेकोछु
तिम्रै प्रेमको भोको छु म भीक्षा के छ भन तिमी

तिम्रो लागि जस्तोसुकै बलिदान दिन सक्छु
पार गर्छु जेपरेनी परीक्षा के छ भन तिमी

तिम्रो नामबाहेक अरु केहि याद छैन मलाई
पाठशालामा प्रेमको पढ्छु शिक्षा के छ भन तिमी

यति धेरै माया गर्ने संसारमा पाउने छैनौ
यो प्रेमीको विषयमा समिक्षा के छ भन तिमी

all rights reserved to author

Leave a Reply

Your email address will not be published. Required fields are marked *