Skip to content

तिमीले बालेको आगोमा,,,,,

तिमीले यहाँ खोजेको शुर र ताल,
अनि तिमीले रचेको सम्पुर्ण जाल
आज एउटा क्रन्दन भएर पोखिंदैछ।
तिमीलाई सुम्पिएको त्यो ताजको
मुल्य चुकाउन सकेनौ कहिल्यै,
तिमीले ओछ्याएको बिकाशको सपनाहरु
घरी घरी चक्काजाम अनि अश्रुग्याँस
बनेर यहाँ पोखिईरहन्छन।
कहिले कसैको झुपडी जलाउने आगो बनेर
त कहिले यस देशको जनताको
छाती छेड्ने तिखो संगिन बनेर।
तिमी हिंजो सडकमा फाटेको कपडा
अनि हात्तीछाप चप्पल लगाएर नारा
लगाउँदै भौतारिन्थ्यौ, अनि त्यो
तिम्रो डेरा सम्म नपुग्ने भाडा नहुदा
घण्टौको पैदल यात्रा चल्थ्यौ,
तर आज ताज सँगै फेरिएको तिम्रो शान
हिंजोको हात्ती छाप चप्पल आजको
ईटालियन सुज, हिंजोको पैदल यात्रा
आज फेरिएका लेमुजिन र लैण्ड क्रुज,
हिंजोको फाटेको दौरा सुरवाल,
आजको थ्रीपिस शुट, आह! तिम्रो चम्केको
भाग्य, हिंजो त्यो सडकमा धुलो खाँदा
कस्तो लाग्थ्यो र भन्थ्यौ र
दोष थोपर्थ्यौ भ्रष्ट नेता भनेर
आज तिमी कुन ड्याङको मुला?
हिंजो सम्म तिमीमा नुन किन्ने
क्षमता थिएन,
आज शेयर होल्डर सुनमा!
तिम्रा ति फाटेका शब्दहरु देख्दा र सुन्दा
देखी-देखी अन्धा भएका छन,
तिमीलाई ताज पहिराउनेहरु।
टुँडीखेलमा उभिएर भाषण छाँट्छौ,
कोशी ब्यारेज मेची-कालीका कुरा गर्छौ,
कहिले तिमीले टेकेका छौ? कहिले तिमीले
देखेका छौ?? मेची कोशी र काली
के भएको छ भनेर?
तिमी हिंजो जनतालाई अन्धो बनाई
भाषण छाँट्यौ, अनि आज
जनताको छातीमा बिष रोपी
जनता ढाँट्छौ।
तिम्रो गल्तीले आज नेपालआमा
चिरा चिरा पर्न लागेकी छिन,
छेऊछाउबाट खुम्चिदैछिन।
सगरमाथा अचल र अटल थियो,
आज चोमोलुङ्मा हुन खोज्दैछ,
तिमीले कहिले हेरेको छौ,
गौतम बुद्व बिदेशीले जन्माउदैछन,
त्यो कहिले हेरेका छौ?
तिमी अन्धो छौ,
अन्धो भएका छौ, तिम्रो आँखा
खोल्ने यो समय हो, आँखा खोलेर
हेर्ने गर, जहाँकी ढिला नहोस।
तिमी अन्धो भएर तिमीले बालेको
आगोमा आफै होमिन नपरोस।

बि. जे. बान्तवा ‘पराईमान्छे’
ठुलोदुम्मा-९, भोजपुर

9 thoughts on “तिमीले बालेको आगोमा,,,,,”

  1. टुँडीखेलमा उभिएर भाषण
    टुँडीखेलमा उभिएर भाषण छाँट्छौ,
    कोशी ब्यारेज मेची-कालीका कुरा गर्छौ,
    कहिले तिमीले टेकेका छौ? कहिले तिमीले
    देखेका छौ?? मेची कोशी र काली
    के भएको छ भनेर?
    तिमी हिंजो जनतालाई अन्धो बनाई
    भाषण छाँट्यौ, अनि आज
    जनताको छातीमा बिष रोपी
    जनता ढाँट्छौ।

    Gajab le dinu bhayo bj g, yasai gari dinuhola, feri feri yastai chahinchha aajako yo samayalaaii,

    Raj Kumar Adhikari
    KSA

    1. SAR NAMASKAR! HAINA SAR
      SAR NAMASKAR! HAINA SAR SACHHAI YAHALE KUN RA KEKO BOTMA SABDAHARU FALAYRA LUKAI RAKHNU BHA HO? M TA ACCHAM MAI LAGO BAA!!! ARU TA MAILE YAHA LAI K BHANNU PAGATIKO ATTI KAMANA,
      BEST OF LUCK,,,,

      अन्धो भएका छौ, तिम्रो आँखा
      खोल्ने यो समय हो, आँखा खोलेर
      हेर्ने गर, जहाँकी ढिला नहोस।

      तिम्रो गल्तीले आज नेपालआमा
      चिरा चिरा पर्न लागेकी छिन,
      छेऊछाउबाट खुम्चिदैछिन।
      सगरमाथा अचल र अटल थियो,
      आज चोमोलुङ्मा हुन खोज्दैछ,
      तिमीले कहिले हेरेको छौ,
      गौतम बुद्व बिदेशीले जन्माउदैछन,
      त्यो कहिले हेरेका छौ?
      BANTAWA”MRIDU”

  2. बि जे सर उत्कृस्ट छ कविता
    बि जे सर उत्कृस्ट छ कविता हजुरको
    सफलता को लागी सुभकामना छ

    तिमीले यहाँ खोजेको शुर र ताल,
    अनि तिमीले रचेको सम्पुर्ण जाल
    आज एउटा क्रन्दन भएर पोखिंदैछ।

  3. तिमी अन्धो छौ,
    अन्धो भएका छौ,

    तिमी अन्धो छौ,
    अन्धो भएका छौ, तिम्रो आँखा
    खोल्ने यो समय हो, आँखा खोलेर
    हेर्ने गर, जहाँकी ढिला नहोस।
    तिमी अन्धो भएर तिमीले बालेको
    आगोमा आफै होमिन नपरोस।

    bantawa ji dherai ramro kawita ko laagi dhanyabaad

  4. साच्चैं बान्तवा जी
    एकपटक

    साच्चैं बान्तवा जी
    एकपटक नेताले यो कविता पढे भने चै सोच्न बाध्य नै हुनेछन,
    धन्यवाद तपाईंलाई नेपाली मन बल्झाईदिनु भएकोमा !!
    साहित्यमा उंचाई बढ्दै जावोस मेरो शुभकामना छ तपाईंलाई

  5. Bj sir, feri ekpaltako damdar
    Bj sir, feri ekpaltako damdar prastutiko lagi murimur dhanyabaad, sampurna rachanaharu ko sangalo bhitra chhuttai pahichan chha yasko lagi dhanyabaad.

    sada unnati hos.
    MandirMilan

  6. बी।जी जी धन्यवाद, एउटा
    बी।जी जी धन्यवाद, एउटा निश्चल मनको भावनालाई बडो सुन्दरताको
    साथ कलमले उतारेर हामी सामु यो मझेरीसम्म ल्याइदिनु
    भयो! शायद यो शब्दले ब्यक्त गर्दा कमैँ भए जस्तो लाग्छ,मेरो
    शुभ-कामनाको दुइसब्द यहाँलाई कलम अझैँ तिखारियोस्!!!
    गीता

  7. Bantawa g, ma pani tapaiko
    Bantawa g, ma pani tapaiko rachana dekhi achhuto rahana sakina, yasari nai kalam chali rahos, bhawanako saagar bag rahos yahi kamana tapaima

    Salon Kirant
    UAE

  8. RAJ KUMAR ADHIKARI JEE, MINA
    RAJ KUMAR ADHIKARI JEE, MINA BAINI, MANOJ KAFLE, ANUBHAB JEE, AASANKAA JEE, MANDIR MILAN BHAI, GEETA JEE, SALON KIRANT JEE, ebam sampurna yo majheri maya garne ani aafno sirjanaharu pradaan garne saahityakaar mitraharu maa muri muri dhanyabaad

    jaha tapaiharuko maya sadhai paairahu.

Leave a Reply

Your email address will not be published. Required fields are marked *