Skip to content

म मानिस भै’कन जन्म लिएछु

म मानिस भै’कन जन्म लिएछु,यो धर्तीको बिंचमा
न त कहिल्यैँ सतकर्म केहि गरेछु हुने सबैको हितमा

मानिस भै लाग्थ्यो खुशी मानिसलाई टेकेरैँ अगी पुग्दा
आनन्द बिभोर भै यो मन रमाउँथ्यो, जित हातमा पर्दा

स्वार्थमा चुर्लुममै डुबेर हर्षीत भै’मन भित्रको शहर घुम्दा
ठान्थे कोही छैंन म जस्तो महान भाग्यले शिरमा चुम्दा

आज आँफै देखि हारेर जब ढल्यो यो शरीर मुर्दा झैँ भएर
आउँछन् सारा ति कुरा आँखामा गएन पस्यतापमा जलेर

आज अर्ती म कन दिन्छु जो लिन्छन् मनमा मननै गरेर
नगर्नु पाप मानिसले मानिसलाई अहम्ताको छलमा परेर

माटो हो यो शरीर एकदिन माटोसंगै गएर आखिर मिल्दछ
जो छ बबुरो चतुरो यो जगत चिन्तनमा अगिनै उ लाग्दछ

गीता थापा (दोषी)
ईजरायल

4 thoughts on “म मानिस भै’कन जन्म लिएछु”

  1. Geeta jee, kabitaa sandesh
    Geeta jee, kabitaa sandesh mulak chha, tapaiko sandesh sabaile manana garne belaa bhayeko chha,
    duniyaamaa sayad tapaiko kabitaale bhanejhai sabai bhanda thulo ahnkaar nai ho, ahankaar laai tyagyo bhane absya oo dherai maathi hunchah hola bhanne mero pani b4 chah tyasaile yo sandeshaatmaka prastutiko laagi dhanyabaada.

  2. आज अर्ती म कन दिन्छु जो
    आज अर्ती म कन दिन्छु जो लिन्छन् मनमा मननै गरेर
    नगर्नु पाप मानिसले मानिसलाई अहम्ताको छलमा परेर

    Geeta ji rachana ramro chha…………

  3. “म मानिस भै’कन जन्म लिएछु,यो
    “म मानिस भै’कन जन्म लिएछु,यो धर्तीको बिंचमा
    न त कहिल्यैँ सतकर्म केहि गरेछु हुने सबैको हितमा”

    गीता जी यहाँ को मन का आखा खुलेछन सबैका यसरीनै खुलिदिए यो संसार मा मानवता को समुन्द्र उर्लने थियो . हाम्रा नेताहरुको मन का आखा यसरीनै खुले सायद संसार मा हामी नेपाली सबै भन्दा भाग्यमानी हुनेथियौकी

    Bimal Gautam

  4. la hai la Gitaa ji la6yan ta
    la hai la Gitaa ji la6yan ta ramrai dekhdai 6u Gajal ra kabita lekhanma..ajhai kosis gardai janu hola mero kamana 6////best ofluck.

    rajesh rumba lama from qatar ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *