Skip to content

जिन्दगीको यो सुन्दर सपना
षावनको बाडी शौंलेर न शौंलिनी भयो
माम्सपिन्डको यो मन्दिरमा
स्तम्भ बनि यो सपना सजी रहयो /

मुटुको दीयोमा रगतको बर्तन
आशाको बाटीमा ज्वाला जली रहयो
आत्माले साँची जोगाएको सपना
छरपट्ट भै अन्नतमा छहरी रहयो /

क्षितिजमा यो टल्कियको भावाना
सुन्दर दृष्टि नयनले बनायो
सत्यताको चावीले थुनेको सपना
अन्धकारको आंदिवेरी बनी गयो /

ह्रदय जोती रोपेको सपना
आँसु र पसिनाले हुर्कायको
खुशीको सयलमा जीन्दगीको सपना
छाती बज्जरी भयंकर पैरो गयो /

बाबु काजी भण्डारी
यु ए इ दुबाइ

1 thought on “सपना”

  1. जिन्दगीको यो सुन्दर
    जिन्दगीको यो सुन्दर सपना
    षावनको बाडी शौंलेर न शौंलिनी भयो
    माम्सपिन्डको यो मन्दिरमा
    स्तम्भ बनि यो सपना सजी रहयो /

    Ramro rachana……….!!!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *