मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
गोविन्द गोठालेको निधनमा एक अभिव्यक्ति
kbs — Sat, 03/19/2011 - 22:19
मैले गोरखापत्र सँस्थानबाट प्रकाशित हुने साहित्यिक पत्रिका 'मधुपर्क' को संवत् २०६७ भदौ अङ्कको निम्ति 'भस्मी भूतस्य देहस्य पुनरागमनम् कुत' भन्ने शीर्षकमा र नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने त्रैमासिक साहित्यिक पत्रिका 'समकालीन साहित्य' को साउन, भदौ र असोज २०६७ को अङ्क (अथवा पूर्णाङ्क ६१) को निम्ति 'त्यो अभिव्यक्ति डाक बचन नहोस्' भन्ने शीर्षकमा मेरा साहित्यकार घनिष्ठ मित्रहरूमध्येका एक जना तथा नेपाली-भाषा (एवं नेपालभाषा) को साहित्यिक क्षेत्रमा समालोचना सबै निबन्धको विधामा आफ्नो विशिष्टता कायम गरेका कृष्णचन्द्रसिंह प्रधानको निधनमा अत्यन्त दुःखित भई संस्मरण लेखिरहँदा यति छिटो अर्का साहित्यकार घनिष्ठ मित्र एवं नेपाली साहित्यको कथा, उपन्यास एवं नाटकको क्षेत्रमा आफ्नै छुट्टै युगको रूपमा विशेष स्थान कायम गर्ने गोविन्दबहादुर मल्ल 'गोठाले' को सम्बन्धमा पनि मैले संस्मरण लेख्नु पर्ने दिन आउन सक्छ । भनी कल्पना नै गरेको थिइनँ । (स्मरणीय छ - कृष्णचन्द्रसिंह प्रधानको मृत्यु संवत् २०६७ साल असार १७ गते भएको थियो भने त्यसको छ महिना नपुग्दै संवत् २०६७ साल मङ्सिर २७ गते गोविन्दबहादुर मल्लको निधन भएको थियो । अनि यी दुवैसितको मेरो मित्रता संवत् २००३/२००४ सालतिरै सुरु भएको थियो ।) तर अफशोस, मैले कल्पना नगर्दैमा हुने हुनामी नटर्ने रहेछ, कारण यो सँसारमा मृत्यु नै एक मात्र यस्तो (के भनूँ ? जीव वा तत्त्व) रहेछ, जसले समय पुगेपछि कसैलाई छोड्दोरहेनछ-'आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो ....' - लेखनाथ पौड्याल ('कालमहिमा'-बाट) तर विडम्बना चाहिँ यो छ - त्यो मिति कहिले पुग्छ कसैलाई थाहा हुँदैन । यसर्थ त्यो (अर्थात् काल वा मृत्यु) आएपछि हो न हो सबैले मिति पुगेको मान्ने गर्दछन् ।
हो मृत्यु अवश्यम्भावी छ सबैको निम्ति साथै यो दुःखदायी पनि छ । आफ्नो नाता कुटुम्बको परिवेशभित्र नपरेका व्यक्तिहरूको मृत्युको समाचारले मात्र पनि मानिसहरू दुःखित हुन्छन् भने- आफन्तको वा आफ्ना मित्र वा बन्धुहरूको मृत्युको खबर सुनेर विहृवल नहुने वा पीडाको अनुभव नगर्ने को होला ? र ती मध्येमा म कसरी अपवादमा पर्न सक्छु ? यसर्थ मेरो एक जना आफ्ना (जो उनको पनि नाताभित्र पर्दछन्) -मेरा माहिला ससुरा स्व. कविराज चन्द्रानन्द बैद्यका माहिला छोरा एवं 'गोठाले'का भाइ सुरेन्द्रबहादुर मल्लका कान्छा जुवाइँ (ई. चन्दनानन्द बैद्य) ले 'उपचारको क्रममा फलाना अस्पतालमा राखिएका गोविन्द बा -अर्थात् गोविन्दबहादुर मल्ल 'गोठाले' अहिले भर्खर बित्नु भो' भनी मलाई टेलिफोनबाट सूचना दिँदा म स्तब्ध भएँ, विहृवल भएँ । खबर सुन्ने बित्तिकै एक छिन मैले ''हँः" सिवाय केही भन्नै सकिनँ । टेलिफोनको रिसिभर हातको हातमै लिई उभिई रहेँ । पछि उनैले भने-"आज (अर्थात् २०६७ साल मङ्सिर २७ गते) अपराहृन ६ बजेसम्म अन्तिम श्रद्धाञ्जलीको निम्ति शवलाई नेपाल प्रज्ञाप्रतिष्ठानको प्राङ्गणमा राखी त्यसपछि दाह संस्कारको निम्ति आर्यघाटतर्फ लैजाने कार्यक्रम छ ।' सूचनाको निम्ति उनलाई धन्यवाद दिँदै म आफ्नो एक जना घनिष्ठ साहित्यकार मित्र एवं नेपाली साहित्य जगत्का एक स्तम्भलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न प्रज्ञा भवनतर्फ जान तयार भएँ । त्यसबेला अपराहृनको करिब ३ बजेको थियो ।
प्रज्ञा भवनतर्फ जाँदाजाँदै मनमा अनेक तर्कना उठ्न थाल्यो ः- विगत दुई वर्ष गोविन्द गोठालेको निम्ति मानसिक रूपमा अत्यन्त दुःखदायी वर्षहरूको रूपमा व्यतीत भए । यस अवधिमा उनकी धर्म पत्नी सरस्वती मल्लको मृत्यु भयो-त्यो पनि लामो अवधिको बिरामी नभै अकस्मातसँग । त्यसको करिब छ महिनापछि उनका कान्छा छोरा रमेशबहादुर मल्लको मृत्यु भयो । यसरी नै यसै अवधिमा उनका दुई जना ज्वाइँहरूको निधन भयो भने एउटी भाइ-बुहारी र एउटी भतिजीको पनि मृत्यु भयो । ९० वर्षको हाराहारीमा पुगेका व्यक्ति जसको स्वास्थ्य पनि अपेक्षाकृत तन्दुरुस्त थिएन, तिनको निम्ति निःसन्देह यतिका परिजनहरूको मृत्यु कम पीडादायक हुँदैन, कम सँवेदनशील हुँदैन । यसरी नै मनमा अनेक कुराहरू आउन थाले-मित्रहरूको निधनको कारण यो वर्ष मेरो निम्ति पनि दुःखदायी नै रहृयो भन्नु पर्छ । यो वर्ष असारमा साहित्यकार मित्र कृष्णचन्द्रसिंह प्रधानको मृत्यु भयो भने यसै वर्ष भदौमा अर्का मित्र होराप्रसाद जोशीको मृत्यु भयो । उनी कृष्णचन्द्रसिंह वा गोविन्द गोठालेझैँ साहित्यकार त थिएनन् (यद्यपि केही वर्ष अगाडि कवि तीर्थराज वन्त एवं विष्णुविभु घिमिरेको सल्लाह तथा माधव लम्सालको सम्पादन एवं प्रस्तुतिमा उनको जीवनी-'नबिर्सिने ती दिनहरू' नामक ग्रन्थ प्रकाशित भएको थियो ।) अनि उनको घनिष्ठ मित्रहरूमध्ये लब्धप्रतिष्ठित साहित्यकारहरू-गोविन्द गोठाले एवं विजय मल्ल पनि पर्थे कारण उनीहरू एउटै कक्षाका सहपाठी र एउटै टोलका व्यक्तिहरू थिए । वास्तवमा होराप्रसाद जोशी संवत् २००७ सालको सशस्त्र क्रान्तिमा सक्रियरूपमा भाग लिने प्रजातन्त्रका सेनानी थिए । पछि उनी संवत् २०१६ सालमा तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रिमण्डलमा कानुन सहायक मन्त्री पनि भएका थिए । उनीसँगको मेरो मित्रता भने संवत् २००७ सालभन्दा अगाडिदेखि नै रहन गएको थियो । संवत् २००३ सालतिर (अर्थात् तत्कालीन श्री ३ महाराज पद्मशमशेर ज.ब.राणाको प्रधानमन्त्रित्व कालमा) प्रेमबहादुर कँसाकारको नेतृत्वमा काठमाडौँका केही युवकहरूले 'स्वयँ सेवा समिति' स्थापना गरी त्यसै साल महाशिवरात्रिको मेलामा स्वयँ सेवाको कार्य गर्दा उनी त्यस कार्यका 'कप्तान' थिए । उपर्युक्त स्वयँ सेवामा म पनि सम्मिलित हुँदा त्यसै बेलादेखि सुरु भएको हाम्रो मित्रता उनको जीवन पर्यन्त यथावत् रूपमा कायम रहृयो । पछि गएर हामी आ-आफ्ना पत्नीहरूको नाताको कारण आफन्त पनि भयौँ, किनभने उनकी पत्नी जमुनाबाबा जोशी र मेरी पत्नी मेरीबाबा राजभण्डारी मामाचेली फुपूचेली हुन् । यसप्रकार, आधा शताब्दीभन्दा अघिदेखिका एउटा मित्रको मृत्यु मेरो निम्ति दुःखदायी हुनु स्वाभाविक नै थियो । यसरी नै यसै वर्ष अर्का एक जना अन्वेषक मित्र हरिहरराज जोशीको पनि निधन भयो भने मेरा गुरु एवं इतिहासकार भुवनलाल प्रधानको मृत्यु पनि यसै वर्ष भयो । ती सबै दिवँगत आत्माहरूप्रति मनमनै पुनः श्रद्धाञ्जली अर्पण गर्दै जाँदा अपराहृन ४ बजेतिर म नेपाल प्रज्ञाप्रतिष्ठानको प्राङ्गणमा पुगेँ ।
त्यहाँ पुगेपछि देखेँ-वरिष्ठ आख्यानकार एवं नाटककार गोविन्दबहादुर मल्ल 'गोठाले'को पार्थिव शरीर प्रज्ञा भवनको प्राङ्गणको ईशान दिशामा खुला मञ्चको रूपमा निर्मित डबलीको मध्य भागमा राखिएको रहेछ । म त्यहाँ पुगुञ्जेलसम्ममा त्यहाँ 'गोठाले' का परिवारका सदस्यहरू एवं अन्य नातेदार परिजनहरूको अतिरिक्त केही साहित्यकारहरू पनि आइसकेका रहेछन् । वरिष्ठ आख्यानकारप्रति श्रद्धाञ्जली अर्पण गर्न यसरी आइसकेकाहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँला, उपकुलपति, सदस्य-सचिव एवं अन्य सदस्यहरू थिए भने नेपाल नाट्य कला प्रतिष्ठानका कुलपति प्रसिद्ध सङ्गीतकार एवं गायक अम्बर गुरुङ एवं उपकुलपति र सदस्यहरू पनि थिए । साथै प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य-सचिव एवं पूर्व सदस्यहरू तथा अन्य लेखक, साहित्यकारहरूको पनि उपस्थिति थियो ।
गोविन्द 'गोठाले'को पार्थिव शरीर राखिएको मञ्चतर्फ जानेक्रममा सबभन्दा पहिले मैले गोठालेका जेठा छोरा ई. उमेशबहादुर मल्ललाई भेटेर सँवेदनाका दुई शब्द बोलेँ र त्यसपछि त्यहीँ मञ्चनिर लहरै बसेका गोठालेका भाइ-भतिजाहरू एवं अन्य परिचित नातेदार बन्धुहरूसित सङ्क्षिप्त कुरा गरी आफ्ना आधा शताब्दीभन्दा अगाडि देखिका घनिष्ठ मित्र एवं नेपाली साहित्य क्षेत्रका युगपुरुष आख्यानकार एवं नाटककार गोविन्दबहादुर मल्लप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न भारी हृदयले मञ्चतर्फ लागेँ । ढाडको हाड खिइएर खुट्टाको नसालाई थिच्दा खुट्टा केही कमजोर भै लौरो टेकी हिँड्न बाध्य भएको मलाई गोठालेको शव राखिएको मञ्च किञ्चित अग्लो हुँदा माथि उक्लन अलि गाह्रो हुने थियो होला तर तत्काल गोठालेकै भाञ्जाले हात समाएर भर दिएबाट सजिलै मञ्चमाथि उक्लन समर्थ भएँ ।
मञ्चमाथि उक्लेपछि त्यहीँ एउटा डालोमा राखिएका फूलका गुच्छाहरूमध्येबाट एउटा गुच्छा लिई गोठालेको पार्थिव शरीरमा चढाएँ र शवलाई एक फन्को घुमी दुवै हात जोडी अन्तिम श्रद्धाञ्जली अर्पण गरेँ । यसरी हात जोडी क्षणभर त्यहाँ उभिँदा गोठालेसितको बसउठका विभिन्न पूर्वदृश्यहरू झलक्क देखिएझैँ भै मेरा आँखाहरू टलपल-टलपल भए । आँसुलाई र्झनबाट बलपूर्वक रोकेर मञ्चबाट ओर्लेर त्यहाँ उपस्थित जनसमूहमा मिसिन पुगेँ । मञ्चबाट ओर्लनु अगाडि चारैतिर आँखा घुमाएर त्यहाँ उपस्थित साहित्यकारहरूलाई हेर्दा गोविन्दबहादुर मल्ल 'गोठाले' सित संवत् २००७ सालभन्दा अगाडिदेखि सम्बन्ध वा सङ्गत भएका साहित्यकारहरू मैले मात्र तीन जनालाई पाएँ-महाकवि लक्ष्मीप्रसाद देवकोटाका 'गणेश' भनी नाम चलेका कवि श्यामदास वैष्णव, निबन्धकार एवं समालोचक माधवलाल कर्माचार्य र अर्को म आफैँ । हुन त त्यसै बेलादेखि 'गोठाले' सित सम्बन्ध र सम्पर्क रहेका एकाध जना अरू पनि साहित्यकारहरू बाँकी नरहेका हैनन् । सम्भवतः वृद्धावस्था र स्वास्थ्यको कारण उनीहरू त्यहाँ उपस्थित हुन सकेनन् होला (अथवा मभन्दा अगावै आएर फर्किसकेका पनि हुन सक्छन् ।) ती हुन्-राष्ट्रकवि माधवप्रसाद घिमिरे, सँस्कृतिविद् सत्यमोहन जोशी, कवि धर्मराज थापा आदि ।
प्रज्ञा भवनको प्राङ्गणमा विभिन्न साहित्यकार मित्रहरूसित कुराकानी गर्दै रहँदा गोरखापत्र, कान्तिपुर एवं अन्य पत्रपत्रिका एवं विद्युतीय सञ्चार माध्यमका प्रतिनिधि पत्रकार बन्धुहरूले गोविन्द गोठालेसित मेरो लामो मित्रताको अनुभवबारे केही बोल्न आग्रह गरे । यस्तै आग्रह उनीहरूले अन्य लेखक साहित्यकारहरूसित पनि गरेका थिए । मैले सोचेँ-के बताउने ? पचासौँ वर्षदेखिको हाम्रो सम्बन्धको कुन चाहिँ अँशको संस्मरण वा अनुभव बताउने ? तर पनि पत्रकार बन्धुहरूको जिज्ञासालाई सक्दो शान्त गर्ने प्रयास गर्दै उनीसितको सम्बन्धबारे सङ्क्षिप्त रूपमा चर्चा गरेँ । म आफू समालोचक हैन तर पनि नेपाली साहित्यको आख्यान विधामा आफूले बुझेसम्म वा आफूलाई लागेसम्म गोठालेको देनबारे आफ्नो भनाइ प्रष्ट गरेँ । अग्रणी कथाकारहरू गुरूप्रसाद मैनाली, पुष्करशमशेर ज.ब.रा., विश्वेश्वरप्रसाद कोइराला आदि पश्चात् गोठालेले फ्रायडियन विश्लेषणको पद्धतिअनुसार विभिन्न पात्रहरूको मनोदशालाई तिनीहरूको चेतन, अवचेतन अवस्था अनुरूप मनोवैज्ञानिक रूपमा विश्लेषण गरी कथा, उपन्यास एवं नाटकहरू रचना गरे । मलाई लाग्छ, यस विधामा गोठालेको छुट्टै पहिचान भनेकै यही हो र यसबाट उनको आफ्नै युगको प्रारम्भ हुन गयो भनी बताएँ । त्यसरी नै संवत् २००५ सालमा उनका भाइ आख्यानकार एवं नाटककार विजय मल्लको नाटक 'बहुला काजीको सपना' को मञ्चन पश्चात् संवत् २००७ सालमा देशमा प्रजातन्त्रको प्रादुर्भाव भै खुला वातावारण छाएपछि हामीले (यसरी नाटक मञ्चन गर्ने कार्यमा त्यसबखत मुख्यतया नाटककारद्वय गोविन्द गोठाले र विजय मल्ल एवं स्व. गोपीनाथ अर्याल, श्यामदास वैष्णव, चित्तरञ्जन नेपालीको अतिरिक्त गायक कलाकार बच्चुकैलाश, नृत्य कलाकार स्व. मृगेन्द्रमान सिंह, बखतबहादुर चित्रकार, स्व. बुद्धिश्री, कमल चित्रकार, नेपाल भाषाका प्रसिद्ध उपन्यासकार स्व. धुस्वाँ सायमि, स्व. नरसिंहबहादुर श्रेष्ठ, स्व. कामाक्षीदेवी आदि व्यक्तिहरू सक्रिय थिए । कुनै नाटकहरू विभिन्न कलेजको समारोहको उपलक्ष्यमा त्यहीँका विद्यार्थीहरूसमेत समावेश गरी र कुनै नाटकहरू 'राष्ट्रिय नाटक मण्डल' नामक सँस्थामार्फत् विभिन्न कलाकारहरू सम्मिलित गरी मञ्चन गरिन्थे ।) गोविन्द गोठाले र विजय मल्लका विभिन्न नाटकहरू (एकाङ्की सबै बहुअङ्की) मञ्चन गरेको बेहोरा बताएँ । गोठाले (एवं विजय मल्लका पनि) नाटकहरूको मञ्चनको प्रसङ्गमा अधिकाँश नाटकहरूको निर्देशन म र श्यामदास वैष्णवले सँयुक्तरूपमा गरेका थियौँ भने कतिपय नाटकमा हामीहरूले विभिन्न पात्रहरूको भूमिकामा अभिनय पनि गरेका थियौँ । अहिले सम्झेअनुसार गोविन्द गोठालेका विभिन्न नाटकहरू-भोको घर, सर्दार साहेबको बैठक, युगको शिकार आदिको हामीले निर्देशन गर्नुका साथै यिनीहरूमा अभिनय पनि गरेका थियौँ तर 'भूसको आगो' नाटकको हामीले निर्देशन मात्र गरेका थियौँ । स्मरणीय छ, 'भूसको आगो' नाटकका सम्पूर्ण पात्रहरू महिला मात्र हुँदा हामीले भाग लिने प्रश्नै थिएन । त्यो नाटकको व्यवस्थापन नेपालमा महिला जागरणमा महत्त्वपूर्ण योगदान गर्ने महिला नेतृ कामाक्षीदेवीको समूहले गरेको थियो । साथै मैले यो पनि बताएँ-त्यस बखत हामीलाई हर्ष एवं गौरव लागेको एउटा कुरा यो थियो-गोठालेको 'युगको शिकार' नामक नाटकमा एक मात्र नारी पात्रको भूमिकामा प्रसिद्ध आख्यानकार पारिजातले पनि अभिनय गरेकी थिइन् । यसरी मैले पत्रकारहरूलाई गोठालेसितको लामो सङ्गतका केही झिल्काहरू सङ्क्षिप्तमा बताएँ । त्यति छोटो समयमा यति भन्दा बढी कुराहरू बताउन पनि सम्भव थिएन ।
यसरी विभिन्न साहित्यकार एवं पत्रकारहरूसँग कुरा गरिरहँदा क्रमशः साँझ पर्न थाल्नुको साथै जाडोयाम हुँदा चीसो पनि बढ्दै गएको अनुभूति हुन थाल्यो । आफ्नो स्वास्थ्यको स्थिति पनि अपेक्षाकृत सन्तोषजनक नहुनु र खुट्टा पनि कमजोर भै लौरो टेकी हिँड्नु परेको हुनाले आफू शव यात्रामा सामेल भै आर्यघाटसम्म पुग्न सकिने अवस्था मैले देखिन तर पनि गोविन्द गोठालेका भाइ डा. समर मल्लसित कति बेलातिर 'शवयात्रा' सुरु गर्ने भनी सोद्धा उनले भने-''प्रधानमन्त्री माधवकुमार नेपाल श्रद्धाञ्जली अर्पण गर्न साँझ ६ बजेसम्ममा आई पुग्ने कार्यक्रम छ भनी प्रधानमन्त्रीको सल्लाहकारले भनेकोले कमसेकम त्यति बेलासम्म त पर्खनै पर्यो । त्यस्तै परेमा केही समय बढी पनि पर्खनु पर्ने होला जस्तो छ ।" उनको कुरामा समर्थन जनाई प्रतिकूल स्वास्थ्यको कारण आफू शव यात्रामा सम्मिलित हुन नसकिने भएकोले सोही कुरा बताई उनी तथा उनका अन्य परिवारजनसित बिदा भै म घरतिर फर्केँ ।
घर पुगेपछि पनि झल्झली गोठालेकै अनुहार सम्झिरहेँ । झमक्क साँझ परेपछि अब त 'शवयात्रा' सुरु भयो होला भन्ने सोचाइसँगै श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री आउने कुरा सम्झेँ र मनमनै भने -बाँचुञ्जेल सत्ता वा राज्यको तर्फबाट गोविन्द गोठालेको सम्मान कहिल्यै भएजस्तो लागेन । त्यतिका लेखकहरूले नेपाल प्रज्ञाप्रतिष्ठान (तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान) मा सदस्यको रूपमा प्रवेश पाउँदा उनलाई 'मानार्थ सदस्य' मा थन्काइयो । हुन त स्व. श्री ५ वीरेन्द्रले संवत् २०३७ सालमा जनमत सङ्ग्रह सम्पन्न गर्ने कार्यको प्रसङ्गमा गोविन्दबहादुर मल्ललाई पनि 'निर्वाचन आयुक्त' जस्तो सँवैधानिक पदमा मनोनित गरेका थिए तथा तोकिएको कार्य (अर्थात् जनमत सङ्ग्रह) सफलतापूर्वक सम्पन्न गरेवापत् गोरखा दक्षिण बाहु द्वितीय श्रेणी को विभूषण पनि प्रदान गरेका थिए । मलाई लाग्छ गोठालेको स्तरका लेखकले अपेक्षा गर्ने स्थ्ाान त्यो थिएन, यद्यपि त्यस कार्यलाई स्व. श्री ५ वीरेन्द्रको 'गोठाले' प्रतिको सदासय मान्नु पर्छ तर पनि उनको निम्ति उपयुक्त स्थान प्रज्ञाप्रतिष्ठान नै थियो । यसतर्फ शक्ति केन्द्रमा आसिन व्यक्तिहरूको ध्यान भने कहिल्यै गएन । राज्य वा सत्ताले यस प्रकार गोविन्द गोठालेलाई उपेक्षा गरे पनि विभिन्न पाठकहरू, स्रष्टाहरू, नेपाली वाङ्मयसित सम्बन्धित एवं जनस्तरमा स्थापित विभिन्न सङ्घसँस्थाहरूले उनको राम्रै कदर गरेका थिए, उचित मूल्याङ्कन गरी सम्मान गरेका थिए । अरू त अरू उनले सदस्यता प्राप्त गर्न नसकेको प्रज्ञाप्रतिष्ठान (तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान) ले समेत उनलाई पृथ्वी प्रज्ञा पुरस्कार, त्रिभुवन प्रज्ञा पुरस्कारजस्ता पुरस्कारहरू प्रदान गरेर सम्मान गरेको थियो भने मदन पुरस्कार गुठीले 'जगदम्बा श्री' पुरस्कार अर्पण गरेर सम्मान गरेको थियो । यसबाहेक गोविन्द 'गोठाले'ले वेदनिधि पुरस्कार, वसुन्धरामान पुरस्कार आदि विभिन्न पुरस्कारहरू पनि पाएका थिए । अनि गुरुकुलले त उनको 'प्रतिमा' नै स्थापना गरेको थियो । मेरो गुनासो चाहिँ राज्यबाट उचित सम्मान भएन भन्ने मात्र थियो । त्यसको पीडा पनि अहिले आएर एक प्रकारले मेटिन लागेको छ भन्न सकिन्छ । बाँचुञ्जेल सरकारले उपेक्षा गरे पनि कमसेकम मृत्युपश्चात् भए पनि सरकार प्रमुख प्रधानमन्त्रीले प्रज्ञा भवनको प्राङ्गणमा आएर 'गोठाले'को पार्थिव शरीरमा एक गुच्छा फूल चढाएर श्रद्धाञ्जली अर्पण गर्नुलाई पुरानो घाउमा मल्हम पट्टि लगाएको ठानी त्यसलाई सकारात्मक कदमको रूपमा लिनु उपयुक्त हुनेछ । मैले यस्तो सोचेँ तर 'लोडसेडिङ'को कारण विद्युत् शक्तिको अभावमा त्यस दिन बेलुका रेडियो वा टेलिभिजनबाट समाचार सुन्न वा हेर्न नपाएकोले गोठालेको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री कुन बेला पुगे तथा शवयात्रा कुन बेला सुरु भयो भन्ने कुरा थाहा पाउन सकिनँ । भोलिपल्ट गोठालेका भाइ डा. समरबहादुर मल्ललाई टेलिफोन गरेर उक्त कुराहरू जान्ने प्रयत्न गरेँ । टेलिफोनबाट
डा. मल्लको कुरा सुनेर म फेरि एक पटक स्तब्ध भएँ, मृत्युको खबर सुन्दाखेरिको भन्दा बढी यो कुराबाट आघात भएको महसुस गरेँ । उनले बताएँ-"प्रज्ञा भवनको प्राङ्गणमा प्रधानमन्त्री त आएनन्, जरुरी बैठकमा भाग लिन जान परेकोले उनी आउन नसक्ने खबर चाहिँ आयो ।" त्यस बखत मलाई लाग्यो-मरणोपरान्त पनि सरकारले गोठालेलाई उपेक्षा गर्न छोडेन । त्यो भन्दा बढी दुःखदायी अरू के हुने ? काठमाडौँ सहर कति नै ठूलो सहर हो र ? जस्तोसुकै जरुरी वैठकमा भाग लिन जुनसुकै स्थानमा जान परे पनि दुई मिनेट प्रज्ञा भवनमा पुगेर गएको भए कति नै ढिला हुने थियो होला ? त्यस्तो के नै वित्यास पर्ने थियो होला ? आकाश नै त खस्ने थिएन होला ! देशका प्रधानमन्त्रीजस्ता व्यक्तिबाट नेपाली साहित्यिक क्षेत्रका एक युगपुरुषप्रति, त्यो पनि उनको मरणोपरान्त यस्तो मार्मिक उपहास हुनुलाई के सँज्ञा दिने ? यसबाट मलाई पीडा हुनुको साथै देशको एक नागरिकको हैसियतले लज्जाबोध पनि भयो भनेमा त्यो अत्युक्ति हुने छैन । यसैबीच मैले नेपालभाषाका महाकवि स्व. चित्तधर 'हृदय' को महाकाव्य 'सुगत-सौरभ' को नेपाली भाषामा भएको अनुवादको एउटा पद्याँश झल्याँस सम्झेँ (मैले सम्झेको 'सुगत-सौरभ' महाकाव्यको नेपाली पद्याँश यस्तो थियो-)
'ढकमक्क त्यहाँ शवमा छ भने श्रद्धापूर्वक अर्पित सुमन
नहुँदैमा के सत्ताको सुम 'गरिमा' उनको हुन्छ र न्यून ?'
'झर्दैमा दुई थोपा पानी पङ्कज शोभा हुन्छ र न्यून ?'
र (स्मरणीय छ, यो महाकाव्यको नेपाली भाषामा पद्यानुवाद मैले आफैँले गरेको थिएँ र यसको प्रकाशन तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट भएको थियो ।) र त्यही पद्याँशले यस घटना सम्बन्धमा मलाई निम्न अभिव्यक्ति व्यक्त गर्न मद्दत गर्यो ः-
कपन मार्ग (जयपुरी मार्ग)
महाराजगञ्ज, काठमाडौँ
मधुपर्क २०६७ फागुन
गोविन्द गोठाले विशेष
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
29 min 8 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 55 min ago - hlw
22 hours 36 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 17 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- टोकियोमा १९८ औं भानु जयन्ती सम्पन्न, मझेरीका संचालकलाई सम्मान
- गजल
- तिमी
- अपराधीहरू ... !
- त्यसैले त तिमीले........
- रुप उनको पलपल देख्छु
- धेरै मायां लाउदा-लाउंदा
- अभिलासा
- "किन यती साह्रो भो ??"
- गगन
- गजल
- “कारण”
- बिभत्स दिवास्वप्न
- अरुको सानो सानो गल्ती
- मेरो माया उसको निम्ति..........
- "सानु" भन्थ्यौ तिमी
- थाहै नपाई कसैको नजरले
- गजल
- गजल
- गजल

Post new comment