Skip to content

प्रियतम आउने बाटो भरी

प्रियतम आउने बाटोभरि
झिलीमिली दीप बलेछ
मधुर मिलनमा सिमसिम झरी
अहा इन्द्रेणी खुलेछ

किरण हत्केलाले छोप्न खोजें
चन्द्र नै उनी रहिछिन्
स्पर्श हुनासाथ हाँस्न खोजेँ
लाजले मइन भइछिन्

कस्तुरी वास मनैमा छुने
मृगिणी नयन उस्तै
डुब्दै डुब्दै मायाले छोप्ने
बादलु कपाल खस्तै

प्रियतम आउने बाटोभरि
झिलीमिली दीप बलेछ
मधुर मिलनमा सिमसिम झरी
अहा इन्द्रेणी खुलेछ

लस् एन्जेलस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *