Skip to content

तिम्रो यादमा

  • by


तिम्रो यादमा एकान्तमा टोलाउन थालेको छु
सपनीमा तिमीलाई नै बोलाउन थालेको छु

कहिलै छाड्न नसकिने अमृत झै तिम्रो माया
कल्पनामै आजभोलि खेलाउन थालेको छु

मनभरि तस्वीरहरु सजाएर एकान्तमा
मायारुपी प्रेम पत्र केलाउन थालेको छु

कति दिन बस्ने होला तड्पिएर यसरी नै
दिन गन्दै मिलनको सेलाउन थालेको छु

— बगुवा-६ गोरखा
हाल; दोहा-कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *