मुटु भरि बेदनाले खाली ठाउँ राखेनछ
सबै तिर उस्तै उस्तै मेरो गाउँ राखेनछ
भेट्ने जति तर्किएर टाढा टाढा जान खोजे
ब्याज हरु मात्रै देखें कालले साउँ राखेनछ
धान फल्ने गैह्रीखेत खहरेको बगर भयो
जता ततै कोलाहलले फेरी आउँ राखेनछ
हराभरा पाखाभित्ता नाशो छोडी गएको थें
चिचिलैमा सबै झर्यो केहि खाउँ राखेनछ
नपत्याउदो परिवर्तन मेरो जन्म भुमि माथि
सबै कुरा संगै हजुर मेरो नाउँ राखेनछ
बिर्सियौकी आफुलेनी बिदेस आइ
बिर्सियौकी आफुलेनी बिदेस आइ गाउ
पाटी पौवा स्कुल बनाऊ आफै आउछ नाऊ
गजल राम्रोछ जन्म थलो प्रति यहाँ को माया अझ गाडा होस
बिमल गौतम
साउदी अरेबिया
gazzabko upaya sikaunu bhayo
gazzabko upaya sikaunu bhayo bimal ji tapaile
dhanyabad yasko lagi
ani pratikriyako lagi pani muri muri dhanyabad
आशांक जी बाँकी कुरा आज
आशांक जी बाँकी कुरा आज भन्छु
त्यो के भने तपाईको गजल लेखनमा
एकदमै प्रगती भाको छ लेख्दै जानुस निरन्तर
शुभ कामना…