मेरो मायाँ सधैं सधैं मासी दिए हुन्छ अब
छातीभित्र तिखो छुरा भासी दिए हुन्छ अब
बैश रोकी कति हाँसु लास बनी कति बाँचु
मायाँ गर्नु पाप ठानी फासी दिए हुन्छ अब
दोष जति सबै मेरो गल्ती पनि मेरै हो रे
एक्लै रुन्छु खित्का छाडी हाँसि दिए हुन्छ अब
एक्लै छाडी कहाँ गयौ दर्द घात चोट दिई
उसैसँग मन मुटु गाँसी दिए हुन्छ अब
छि-छि दूर-दूर भई यति घडी बाँचे पिन
सबैसामु रुखमाथि टाँसी दिए हुन्छ अब
खगेन्द्र खिलाफी