Skip to content

“मेरो लक्ष्य” = बिमल जी लाई उत्तर!

मेरो लक्ष्य समयलाई पिछा गर्दै चल्नु थियो
सबैले ताप्न खोज्ने आगो भई बल्नु थियो

छितिजमा बादल बहकिन्छ जसरी हावा संगै
तेसरी नै मलाई पनि हावा संगै ढल्नु थियो

जीवनका अनेकौं आवस्यकता पूर्ति गर्नुलाई
सुन्दर उद्देस्यमा आफैलाई संगै मल्नु थियो

अरुलाई भरिपूर्ण भएर पनि गाउँ घर छाड्थे
मत छाताले झैं आफ्नै दुःखलाई छल्नु थियो

आफुले आफुलाई एक उदाहरणको पात्र बनाई
गलाईएको सुन जस्तै मिहिनेतले गल्नु थियो

मिना बान्तवा “मृदु”
झापा नेपाल
हाल इजरायल

7 thoughts on ““मेरो लक्ष्य” = बिमल जी लाई उत्तर!”

  1. मेरो लक्ष्य समयलाई पिछा गर्दै
    मेरो लक्ष्य समयलाई पिछा गर्दै चल्नु थियो
    सबैले ताप्न खोज्ने आगो भई बल्नु थियो

    गजल राम्रो लाग्यो …

  2. sabai sher sahi thaau liyeko
    sabai sher sahi thaau liyeko ra kafiyaa mileko karan gajal thik thaau maa ubhieko chha,, badhaai badhaai,,,,,

  3. Mina ji ma bharkhar 1 ghanta
    Mina ji ma bharkhar 1 ghanta aghi nepal aaye office ma chhu padhya pratikriya pachhi ramro chha dherai khariyechha yaha ko kalam

    Bimal

  4. मेरो गज़ल रचनालाई टिप्पणी
    मेरो गज़ल रचनालाई टिप्पणी गर्दिनु हुने आदरणीय मित्रहरु, यहाँहरुलाई धेरै धन्यबाद छ, यहाँहरु देखि म धेरै आभारी छु, “मृदु”

    1. तपाईलाई
      हजुरको गजल तर्कयुक्त पाएँ मेरो त मन छोयो फेरी फेरी पढन पाउने आशामा छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *