Skip to content

कत्ति जिद्दी गर्छौ तिमी


कत्ति जिद्दी गर्छौ तिमी रहरले हुन्न माया
रोमै दिन्छु भन्छौ सधै शहरले हुन्न माया

शिर देखि पाउ तुन्दै नकोर भो गजल कुनै
नानाभाती बयान बोक्ने बहरले हुन्न माया

प्यासी बन्दै नआऊ तिमी रसाउदैन ढुंगा सधै
जिती छाड्छु भन्ने तिम्रो ठहरले हुन्न माया

होला तिम्लाई देखाउनु छ प्रेम-जोडी दुनियालाई
होडबाजी चल्ने यस्तो लहरले हुन्न माया

दे’को होइन बचन मैले घात ठान्दै पियौ जहर
बुझ्नुपर्थ्यो तिम्ले पहिल्यै जहरले हुन्न माया

निर्मला थापा,
काठमाडौँ, नेपाल

8 thoughts on “कत्ति जिद्दी गर्छौ तिमी”

  1. शिर देखि पाउ तुन्दै नकोर भो
    शिर देखि पाउ तुन्दै नकोर भो गजल कुनै
    नानाभाती बयान बोक्ने बहरले हुन्न माया

    खै कसलाई भन्नु भएको हो !! त्यो त थाहा भएन तर गजल राम्रो लाग्यो

    निर्मला जि यसरी बयान गर्ने र माया गर्ने मान्छेलाई बेलामा नै चिन्नु बेश होला

    पछी बयान त के गजल नबुझ्ने मान्छे आउनपनी के बेर????????

  2. अनुभब जी,
    कमेन्ट को लागि

    अनुभब जी,
    कमेन्ट को लागि धन्यवाद,

    बेला आएपछि चिनौला नि के भयो र!! गजल नै नबुझ्ने मानिस आए पनि बुझाउला नि……….

    निर्मला

  3. बेला आएपछि चिनौला नि के भयो
    बेला आएपछि चिनौला नि के भयो र!! गजल नै नबुझ्ने मानिस आए पनि बुझाउला नि……….
    [email protected]
    अंकल

  4. इटाली पुग्ने खर्च छैन,
    इटाली पुग्ने खर्च छैन, काठमाण्डु भए हुन्छ रोम त टाढा भएन र हाहाहाहा
    लौ मलाई त गजल नै आउँदैन गजल लेखे भने सबैको लागी पजल हुन्छ
    तपाईंको लहरहरु देखेर मलाई धेरै खुशी लाग्यो यसै गरी लेख्दै जानुहोला

  5. जिद्दी गरेर रहरले पनि नहुने
    जिद्दी गरेर रहरले पनि नहुने रे, रोम जस्तो सुन्दर शहर पनि नराम्रो लाग्यो रे,
    रदिफ काफिया बहरको त कुरै छोडौं, पुरै गजलले पनि हुँदैन रे,
    सत्य प्रेमको जित हुन्छ भन्ने मनको ठहरले पनि नहुने भो रे,
    जोडी देखाउने होडबाजि पनि मन परेन रे,
    जहरै पिए पनि हुँदै हुन्न रे,,, अनी के गरेर हुन्छ त ??? एकपल्ट भनिदिए हुन्थ्यो नि ……….

    Nepoleon

  6. नेपोलियन जी,
    मात्र गजल

    नेपोलियन जी,

    मात्र गजल कोरेकी हु, कोहि कसैसंग पनि शर्त सम्झौता राखेकी होइन

    सायद कसैले साच्चिकै माया गर्छ भने त्यहि नै ठूलो हो, गजलमा ब्यक्त भएका अनेकौ शर्तहरु भन्दा, होइन र???

    निर्मला,

  7. भावले अलिकति विवादको मोड लिए
    भावले अलिकति विवादको मोड लिए जस्तो छ
    पाठक वर्गले यसलाई वास्तविकता भित्र अटाउँन खोजे जस्तो छ है ! जे भए पनि गज़लले उचाईं छोएको छ
    सरल अनि सलल बगेको भावमा काफिया पनि राम्रै जमेको छ
    बधाई छ गतिलो गज़लको निम्ति थापा जी लाई

    रदीम शर्मा
    काठमांडौ
    नेपाल

  8. गजल साच्चै नै उत्कृस्ट
    गजल साच्चै नै उत्कृस्ट लाग्यो, बधाई छ, रबिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *