Skip to content


नेपालको इतिहासको मध्यकालमा फ्रान्समा १४१२ मा जोन अफ आर्क नामको विश्वकी उत्कृष्ट वीराङ्गनाको जन्म भएको थियो । त्यसबखत नेपालमा यक्ष मल्लका पिता ज्योतिर्मल्लले राज्य गरिरहेका थिए । त्यसबखतसम्म नेपालको फ्रान्ससँग कुनै पनि किसिमको सम्पर्क तथा सम्बन्ध थिएन । १६२८ मा मात्र काब्राल नामका इसाई पादरीले नेपालमा पाइला टेकेका थिए । यो कुरा जोन अफ आर्क जन्मेको २१६ वर्ष पछिको कुरा हो ।

फ्रान्सको इतिहासमा जोन अफ आर्कको जन्म अपूर्व घटनाको रूपमा मानिन्छ । तिनी एउटा सामान्य किसान परिवारमा जन्मेकी थिइन् तर तिनले सानै उमेरमा देखाएको वीरता र साहसले सम्पूर्ण विश्वलाई चकित बनाइदियो ।

फ्रान्सको उत्तरमा बेलायत पर्दछ । यो दुवै देशलाई इङ्गलिस च्यानलले छुट्याएको छ । यी दुवै देशहरू रोमन साम्राज्यअन्तर्गत रहेका थिए । रोमन साम्राज्यको पतनपछि यो दुवै देश स्वतन्त्र भएका थिए । रोमन साम्राज्यबाट स्वतन्त्र भए पनि यिनले एक अर्कामाथि प्रभुत्व जनाउन छोडेन । यसको परिणाम स्वरुप यी दुवै देशको बीचमा लामो समयसम्म युद्ध भइरहृयो । इतिहासमा यो युद्ध सय वर्षको युद्धको नामबाट प्रसिद्ध रहेको छ । वास्तविक रूपमा यो युद्ध १३३७ देखि १४५३ सम्म अर्थात् एक सय सोह्र वर्षसम्म चलेको थियो । यस युद्धको मुख्य कारण बेलायतका राजा फ्रान्सको पनि राजा हुन चाहन्थे, यस्ता इच्छा राख्ने बेलायतका महत्वकांक्षी राजा हेनरी पञ्चम थिए । यिनले एगिनकोर्ट ९ब्नष्लअयगचत० को युद्धमा फ्रान्सलाई हराएपछि बेलायत युरोपमा शक्तिशालि राष्ट्रको रूपमा अगाडि आयो । बेलायतले फ्रान्सलाई ट्रोयसको सन्धि गर्न बाध्य तुल्यायो । यस सन्धिले बेलायतका राजालाई फ्रान्सको राजगद्दीको उत्तराधिकारी बनायो । हेनरी पञ्चमले फ्रान्सको राजकुमारी क्याथरिनसँग विवाह पनि गरे तर यिनी फ्रान्सबाट फर्किनुअघि नै ज्वरो आएर मरे । यसपछि हेनरी छैठौँ बेलायतका राजा भए । बेलायतको राजनीतिक अस्थिरताले गर्दा फ्रान्समा बेलायतको स्थिति कमजोर हुँदै गयो । तैपनि यसले फ्रान्सको महìवपूर्ण नगर ओरलेन्स ९इचभिबलक० मा अधिकार गरिनै रहृयो ।

आफ्नो देशमा विदेशी साम्राज्यवादी सेना बसेको जोन अफ आर्कलाई मन परेन । तिनले फ्रान्सका सम्राट् चाल्र्स सप्तमलाई फ्रान्सबाट बेलायती फौजलाई हटाउनुपर्छ भन्ने कुरामा सहमत गराइन् । यस कामको निम्ति तिनले दैवीशक्ति प्राप्त गरेकी छन् भन्ने तिनलाई विश्वास थियो तर बेलायती फौजलाई फ्रान्सबाट हटाउन सजिलो थिएन । फ्रान्सेली सम्राट्लाई सहमत गराएपछि सम्राट्का सल्लाहकार र चर्चका पदाधिकारीलाई विश्वास दिलाउन सजिलो थिएन । यस काममा तिनी लगातार प्रयत्नशील रहिन् । अन्त्यमा जोन अफ आर्कको नेतृत्वमा फ्रान्सेली फौजले बेलायती फौजको विरुद्ध युद्ध गर्ने निर्णय भयो । सोह्र वर्षकी युवती जोन अफ आर्कले पुरुष वस्त्र धारण गरी घोडामा चढी हातमा तरबार लिएर फ्रान्सेली फौजको नेतृत्व गर्दै ओरलेन्सको वरिपरि बसेका बेलायती सेनामाथि जाइ लागिन् । त्यस युद्धमा तिनले आफ्नै हातको तरबारले अनेक बेलायती फौजलाई दुई टुक्रा बनाइदिइन् । यस युद्धमा फ्रान्सेली सेना विजयी भयो । बेलायती फौज ओरलेन्स छोड्न बाध्य भयो । यस विजयको खुसी फ्रान्सेली सम्राट् चाल्र्स सप्तम र जोन अफ आर्कले मिलेर मनाए । यस विजयबाट उत्साहित भएर तिनले पेरिसमा रहेका बेलायती फौजमाथि पनि आक्रमण गरिन् तर आफ्नै मानिसले धोका दिँदा यस युद्धमा तिनको हार भयो । तिनलाई शत्रुले समात्न सकेका थिएनन् तर फ्रान्सकै बुरगुन्डियन जातिले तिनलाई समातेर अङ्ग्रेजलाई बेचिदिए । तिनीमाथि बोक्सी भएको आरोप लगाएर जिउँदै जलाइयो । फ्रान्सको उत्तरपूर्वमा रहेको डोमरेमी ९म्omचझथ०मा जन्मेकी जोन अफ आर्कलाई फ्रान्सकै उत्तरपश्चिममा रहेको रोयन ९च्यगभल०मा जिउँदै जलाइयो । त्यसबखत यिनको उमेर केवल १९ वर्षको मात्र थियो । यसरी यस घटनाले विश्वका सम्पूर्ण वीराङ्गनालाई अपमानित गर्ने बेलायती साम्राज्यवादका पृष्टपोषकहरूलाई मानव सभ्यताको इतिहासले कहिल्यै माफ गर्न सक्दैन । तिनका छायाँ र भावनाबाट अभिप्रेरित भएर फ्रान्सेलीहरूमा अङ्ग्रेज साम्राज्यवादको विरुद्धमा लड्ने प्रवृत्तिले उच्च स्थान प्राप्त गरिरहृयो । तिनैका राष्ट्रभक्तिबाट प्रेरित भएर फ्रान्सेली जनताले उपनिवेशवाद र समान्तवादको विरुद्धमा फ्रान्सेली राज्यक्रान्ति गरेर जनतालाई दासताको बन्धनबाट मुक्ति गराए ।

फ्रान्सले धेरैपछि मात्र तिनका बहादुरी र बुद्धिमताको कदर गरेर १९२० मा तिनलाई सन्तको उपाधिबाट सम्मानित गर्‍यो । अनेक बेलायती लेखक तथा इतिहासकारहरूले पनि तिनलाई त्यस युगकी महान् वीरङ्गना भनी प्रशंसा गरेका छन् । जोन अफ आर्क विश्वका करौडौँ महिलाको प्रतीक थिइन् ।

ओरलेन्सको विजयमा खुसी भएको लुई सम्राट् जोन अफ आर्कलाई अङ्ग्रेज सरकारले जलाउँदा मूकदर्शक भएर बस्यो । यसबाट पुरुषहरू नारीप्रति कस्ता कठोर हुँदा रहेछन् भन्ने थाहा पाइन्छ । त्यसै हुनाले फ्रान्सेली महिलाहरूले फ्रान्सेली सम्राट् लुई सोह्रौँको विरुद्धमा फ्रान्सेली राज्यक्रान्तिको समयमा कठोर व्यवहार गर्नु परेको थियो ।

बि्रटिश साम्राज्यवादको विरुद्धमा नालापानीको युद्धमा नेपाली वीराङ्गनाहरूले देखाएका वीरताबाट स्वयं अङ्ग्रेज इतिहासकारहरू चकित भएका थिए । नालापानीको किल्लाका पर्खालका प्वालमा देखिएका नेपाली नारीका तोपका गोलाबाट छातीमा पारिएका प्वाल तथा मृत शरीरका घाउबाट सम्पूर्ण विश्व चकित भएका थिए । जोन अफ आर्कका आत्मा यिनै नेपाली वीराङ्गनासँग एकाकार भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *