Skip to content

उसलाई देखेर कुर्सी खुशी भयो र मरीमरी हाँस्यो ।
“किन हाँसेको ?” उसले सोध्यो ।
“कुइण्टलको मान्छे बोक्दा बोक्दा थाकेर हत्तु परेको थिएँ । उसको ठाउँमा तपाईं दुब्लो, पातलो र कम तौल भएको मान्छे देखेर खुशी भएको नि ।” कुर्सीले भन्यो ।
“ए !” उसले यत्ति मात्रै भन्यो ।
तर कुर्सीको खुशी धेरै दिन टिकेन । उसको दुःखी हुने क्रम बिस्तारै बढ्दै गइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *