तमोनदी
kbs — Thu, 05/05/2011 - 18:21
हिजोआज नदी बग्दै छ कि 'तमोनदी' बग्दै छ, थाहै हुँदैन । थाहा होस् पनि कसरी हाम्रा कल्पना, बोध र सोचाइले जेलाई पानी भन्दै आएको छ त्यस्ता कुरा नदीमा भेट्न गाह्रो छ । कतै रूप बिग्रिएको नदी-चित्र नै मनुष्यको मस्तिष्कमा रहिरहने त होइन ? एक पटक काठमाडौँको बाग्मतीलाई हेरेर यो प्रश्नको उत्तर खोजौँ । के अहिले यो नदी नदीजस्तो छ ? सङ्लो पानी कतै छैन । नदीको आहृलादमय सुसाइ कसरी भेट्ने यहाँ ? कसरी हुनसक्छ जलबाट जीवनको अनुभूति बाग्मतीलाई हेरेर ? त्यो सुसाइ, त्यो प्रवाह, त्यो दृश्य र त्यो विशेषता केही छैन जसलाई नदी भनेर आनन्द मान्न सकियोस् र पवित्र मानेर आत्मसन्तोष लिन सकियोस् । न निसङ्कोच नुहाउन सकिन्छ, न पिउन सकिन्छ यहाँको पानी । अत्यन्त दुःखद अवस्था छ । आजको बाग्मतीले नदीको रूपमा अति कारुणिक दृश्य प्रस्तुत गरिरहेको छ ।
आश्चर्य लाग्छ यति भयानकरूपले प्रदूषित रहँदा पनि यो नदीले कसरी भावनात्मक प्रेम र आदर आर्जन गरिरहेको होला ? त्यसैले बाग्मतीलाई अहिले तमोनदी नभनौं । सबै नदीहरू हाम्रा गौरव हुन् । यो नदी झन् हाम्रो गौरव हो ।
तर बाग्मतीको जब यो हालत छ! काठमाडौँका अरू नदीहरू विष्णुमती, मनोहरा, ईच्छुमती, रुद्रमती आदिको दुर्दशा भोग्नेहरूले त प्रतिदिन भोगी नै रहेका छन् पीडा नभोग्नेहरूका निम्ति पनि स्वतः अवस्था अनुमान हुन्छ । फोहोरले पानी घिसारेजस्तो छ । एकदम कहाली लाग्छ! भयानक निराशा उत्पन्न गर्छन् काठमाडौँ उपत्यकाका नदीहरूले ।
तर प्रसङ्ग काठमाडौँको मात्रै होइन । नदी प्रदूषण देशव्यापी कुरा हो! अन्तर्राष्ट्रिय कुरा हो । के गङ्गा नदी प्रदूषणमुक्त छ ? के यमुना शुद्ध छ ? के सिन्धुमा यस्ता समस्या छैनन् ? सागरदेखि महासागरसम्म, खोलादेखि नदीसम्म, स-साना पोखरीदेखि ठूल्ठूला तलाउसम्म, गाउँदेखि सहर र देशदेखि महादेशसम्मको जलस्रोत प्रदूषणको मारबाट बच्न सकेको छैन । नदीलाई जीवनको प्रतीक मान्दै आएका हामी मानव जाति प्रदूषणयुक्त नदीहरूलाई पनि जीवनको प्रतीक मान्न विवश छौँ ।
हेर्दाहेर्दै यत्रो समस्या किन तेर्सियो ? कतै नदी प्रदूषणका कुरा पनि देखावटी मात्रै त होइनन् ? अवश्य पनि भित्री कुरा अर्कै हुनुपर्छ । प्रकृतिका जेजे कुराहरूले नदीलाई स्वच्छ पार्छ तीती कुराहरू नै विषाक्त भएका छन् । नदी प्रदूषणका कारणहरू के-के होलान् ? यहाँ केवल फ्याँक्ने, बगाउने, सेलाउने र बिसर्जन गर्ने फोहोरको मात्र कुरा छैन । हाम्रो सोचको विकार, दृष्टिकोणको सङ्कुचन, कुदृष्टि, कुचेष्टा, घृणा, घमण्ड, परपीडा, अहङ्कार अन्याय, दुर्भाव, दुष्कर्म, हिंसाजस्ता अनेक वैचारिक त्रुटि र भावनात्मक प्रदूषणको कुरा पनि छ । नदीहरू त प्रतिनिधि मात्रै हुन् । हिजो पनि बग्थे, आज पनि बगिरहेका छन् । बग्ने निरन्तरतामा क्रमभङ्ग नहुनु नदीहरूको मौलिक स्वभाव हो तर के बगाइरहेका छन् अहिले हाम्रा नदीहरू, ऐनाझैँ आफ्नै अवलोकन गरे हुन्छ बगिरहेका प्रदूषित नदीहरूमा ।
यस्तो अवलोकन होस् जसबाट छर्लङ्ग बुझियोस् जल र जीवनको अन्तरसम्बन्ध । वास्तवमा नदीले समाजलाई धेरै कुरा दिएको छ । नदी किनारामै मानव बस्तीहरू रहेका छन्, भू-उर्वराशक्ति त्यहीँ छ, त्यहीँ जुट्छन् जीवन निर्वाहका साधनहरू, विकासका मीठामीठा धुनहरू त्यहीँ बजिरहेका छन् र त्यहीँ भेटिन्छ मानव जिजीविषाको अजेय र अनन्त अस्तित्व । यसो भनौँ बगिरहेका नदी वरिपरि नै प्रगति घुमिरहेको र वैभव फैलिरहेको छ । पानीको विकल्प पानी नै हो ।
बहस खालि पानी कति शुद्ध, कति अशुद्ध भन्ने मात्र हो । पहिले नदीहरू पनि शुद्ध थिए । मानिसमा पनि तमोगुण छँदै थिएन भन्ने होइन तर जेजति थियो त्यो सबै नदीको कञ्चन पानीमा डुबुल्की मार्दामार्दै समाप्त भएर जान्थ्यो । शुद्धीकरण गर्ने यो प्रक्रियाले मानव-समाज पूर्ण लाभान्वित भइरहेको छ । त्यसैले आज पनि हामी भनिरहेकै छौं-सिन्धु-सभ्यता, गङ्गा-सभ्यता, नाइल-सभ्यता, टिग्रिस-सभ्यता, भोल्गा-सभ्यता, छाङ्हो-याङ्ग्जे-सभ्यता, अमेजन-सभ्यता आदि-आदि । भर्खरभर्खर हामी नेपाली पनि बोल्न थालका छौं-कोसी-सभ्यता, बाग्मती-सभ्यता, गण्डकी-सभ्यता, कर्णाली-सभ्यता ।
यसरी हामीलाई नदीले जीवन र सभ्यता दिँदोरहेछ । यो अर्थमा पहिलेको समयलाई नदी-युग नै मान्नुपर्छ किनकि त्यसबेला नदीले सभ्यता मात्र निर्माण गरेन मान्छेलाई सभ्य बन्न पनि सिकायो । यहीँको पानीमा मान्छेको तमोगुण नष्ट भएर जीवन सार्थक र सफल हुन्थ्यो । रसमय धर्ती नदीकै कारणले प्राञ्जल पनि हुन्थ्यो । अन्नमा कुनै विकार थिएन, मानिस नदी, धर्ती, आकाश, सूर्य, हावा, रुख-वनस्पतिजस्ता प्रकृतिका भिन्नभिन्न रूपप्रति आस्थावान् थिए । नदी किनारामा हुर्किरहेको जीवन पद्धति र सभ्यतालाई नदीहरूकै सभ्यता मान्नु त्यसबेलाका मानिसको वस्तुपरक सोच हो ।
अबको तमोगुण भने त्यति निर्वल छैन, जसलाई नदीहरूले सजिलै बगाउन सकु्न् । नदीहरूको आफ्नै गुनासो छ । 'म दिन प्रतिदिन गलिरहेको छु । मेरो पानीमा के विष मिसियो मिसियो- म आफैँ निर्मल छैन, अरूलाई के निर्मल, पारौँ' भनिरहेको छ हाम्रो बाग्मती पनि । त्यत्तिकै खतरनाक छ जनगुनासो । 'विवश मान्छेको विवशता बुझ । हे बाग्मती ! हे नेपाल गङ्गा ! हे नदी-खोलाहरू ! हाम्रो तमोगुणको धूलो मरुभूमिमा बालुवाजस्तै व्यापक छ र फोहोरमैलाको लेदो थेग्नै नसक्नेखालको छ । अन्त कहाँ जाउँ- बगाऊ, नबगाऊ, जे गर । यो हाम्रो तमोगुणको धूलो, तमोगुणकै फोहोर-लेदो, कोही मनमनै र कोही खुलेआम यसरी विवशता पोखिरहेका छन् यहाँ ।
सरकारी संयन्त्रको एउटै अलाप र रट झन् पट्यारलाग्दो किसिमले गुञ्जिरहेको छ । ऊ भन्छ 'एक्लो सरकारले के हुन्छ । आउँ, सबै जुट्दै, हातेमालो गर्दै नदीहरू बचाउनु पर्छ । वातावरण जोगाउनु पर्छ । बाग्मतीको पनि रक्षा गर्नुपर्छ । साधन-स्रोत छैन, यो बेला जनताको साथ नभए सरकार केही गर्न सक्दैन । जनतामै अपार शक्ति छ । यो शक्ति जुट्यो भने बाग्मती त के नेपालका सारा नदीहरू शुद्ध हुनेछन्, नेपाल नै प्रदूषणमुक्त हुनेछ । राम्रो काममा सरकार हरघडी तपाईंहरूको साथ हिँड्न तयार छ ।' सबैका आ-आफ्ना समस्या छन् । को कसकासाथ हिँड्ने-जनताका साथ सरकार कि सरकारका साथ जनता ? यसरी बगिरहेको छ नदीहरूमाथि तमोनदी ।
के कोही यो विवशताको चक्रव्यूहबाट मुक्त भई नदीका निम्ति, जीवनका निम्ति र वातावरणका निम्ति सच्चा मनले केही गर्न तम्सिएला ? नदीहरूको दयनीय रूप हेर्दा आशा, भरोसा र विश्वासका कुनै सङ्केत देखा पर्दैनन् ।
फेरि निःस्वार्थ मान्छे पनि हुँदैन र संस्था पनि हुँदैन । नदीलाई स्वच्छ-सफा राख्ने काम पनि स्वार्थको नै हो । व्यक्ति, समूह, समाज र सरकार सबैको सरोकार यहाँ छ । त्यसैले यो यस्तो काम हो जसलाई बाधाहरू छिचोल्दै, विकारहरू हटाउँदै, समस्याहरू हल गर्दै र अभावहरूसँग जुँध्दै अघि बढिरहेका मानिसले मात्र समाधान गर्न सक्छन् ।
कुनै तपस्वी-त्यागी महापुरुषको छुमन्तरबाट हाम्रा नदीहरू स्वच्छ र सफा हुन सक्दैनन् ।
अब तमोगुणको व्याप्तिलाई समयमै रोक्नुपर्छ । भौतिकरूपले पनि आध्यात्मिकरूपले पनि तमोनदी बग्नै दिनुहुन्न ।
आकार चेतनाको र निराकार चेतनाको दुवै तहबाट फोहोर नफाले हाम्रा नदीहरू सफा हुँदैनन् । त्यसैले, नुहाउँ, सफा होउँ, धोउँ पहिरन र घर-आँगन सफा होस् हाम्रो तर सोचौँ के हुँदैछ हाम्रो पानीको मूलस्रोत-नदीहरूमा । अब घर र नदीबीचको फोहोरको सम्बन्धलाई तोड्न सरकारको के भूमिका हुनसक्छ सरकार नै बोलोस् । नागरिकहरू यसैमा लागुन् । गैरसरकारी संस्थाहरू र वातावरणविद्हरू पनि यही अभियानमा जुटुन् । वातावरण-सम्बर्द्धन-सहयोगलाई सूक्ष्म तहमा लाभकारी बनाउने तरिका पनि यही हो । अबको नेपालमा घर र नदीबीच पारस्परिक सफाइको सम्बन्ध स्थापित हुनुपर्छ ।
नदीहरू स्वच्छ पार्न निराकार चेतनाको पनि अहं भूमिका छ । बाहिर जे भने र गरे पनि हाम्रो अन्र्तमन सधैँ मौन आवाजमा भनिरहन्छ, 'प्रेमले घृणालाई जित, विवेकले काम गर, भाइचारा, विश्ववन्धुत्व, वातावरण रक्षा, प्रकृति प्रेम र भू-संरक्षणजस्ता महत्त्वपूर्ण कुराहरूलाई कहिल्यै भुल्नु हुन्न । आफ्नो बासस्थान सधैँ रमणीय बनाऊ । नदीतिर कुनै फोहोर जानै नदेऊ ।'
विचारको फोहोर कामको फोहोरमा मिसियो भने गुणाङ्क दरमा विकारहरू उत्पन्न हुन थाल्छन् । यसैबाट बग्न थाल्छ तमोनदी । अहिले तमोनदी नदीमा मिसिएका हुनाले नदी-सभ्यता हराएको हो । अहिले केवल महानगरीय सभ्यता छ । तमोनदीको भयानक फडामा जब अनादि कालदेखिको नदी-सभ्यता नै हरायो भने कतिञ्जेल रहिरहला यो महानगरीय झिलिमिली र रमिता । समयको प्रवाहमा नयाँ सभ्यता उदाउँछ र पुरानो सभ्यता बिलाउँछ ।
खतराको घण्टी सधैँ झुण्डिरहेकै छ । खालि नबजुञ्जेल हामी सुरक्षित छौँ । के यही गतिमा नदीमाथि तमोनदी बगिरहने हो भने बाँचिरहला हाम्रो प्यारो महानगरीय सभ्यता ? व्याप्त छ झिलिमिली, संसार रमाइरहेको छ । टैङ्करका टैङ्कर पानी आपूर्ति गरिरहेको छ महानगर । धारामा थोपा पानी नझरे पनि 'मिनरल वाटर' 'शुद्ध जल', चिसो-तातो पानी आदि केके धन्दा जानेको छ आजको मान्छेले ।
कतिञ्जेल धान्न सकिएला यो सुविधा ? हेर्दाहेर्दै कञ्चन नदीहरू कालामैला भइसके । तमोनदीको मूल कसरी फुट्यो, किन तनको पनि फोहोर मनको पनि फोहोर त्यहीं पुगेर दुर्गन्धित भइरहेका छन् हाम्रा नदीहरू किन विकृति यसरी मौलायो र किन तिनीहरूको समयमै नियन्त्रण हुन सकेन! आँखा अगाडिको झिलिमिलीले कसैलाई सोच्न दिएको छैन । व्यक्ति, संस्था, समाज र सरकार! कोही थोरै, कोही धेरै तमोनदीको मोहजालमा परिरहेका छन् । तमोनदीको यस्तो मोहबाट बिस्तारबिस्तारै फुत्किँदै जानसके हाम्रा नदीहरू पनि क्रमशः शुद्ध हुन थाल्ने थिए र जलमा जीवनको अनुभूति गर्न सकिन्थ्यो ।
मधुपर्क २०६८ बैशाख
- 1413 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
10 min 47 sec ago - Reply to comment | मझेरी डट कम
10 min 54 sec ago - Reply to comment | मझेरी डट कम
11 min 55 sec ago - Reply to comment | मझेरी डट कम
12 min 2 sec ago - Reply to comment | मझेरी डट कम
12 min 57 sec ago - Reply to comment | मझेरी डट कम
13 min 1 sec ago - Reply to comment | मझेरी डट कम
13 min 23 sec ago - Reply to comment | मझेरी डट कम
13 min 29 sec ago - Reply to comment | मझेरी डट कम
14 min 10 sec ago - Reply to comment | मझेरी डट कम
14 min 15 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- म पानी हुँ
- कुकुर
- समयकाे धुन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- गजल
- यसै गरी मिलोस तिम्रो माया
- सहकारी नारा (कविता)
- आत्मा र परमात्माको खोज
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- काली
- महलकी रानी
- प्रिय मेरी मायालु तिम्रो यादमा
- सहिद औपचारिकता वा महान बलिदान ?
- शुभ दिन बिहानीको
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
- सोह्र सोमबारको व्रत
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- निस्ठुरी
- पछि हड्नु हुन्न अब
- कविता शृंखला (दुख : ०६)
- मृत्युत्सव
- कतै भने पेटभित्र आगो बली रह्यो
- ऐंठन होला होला जस्तो लाग्यो
- अन्तिम प्राणसम्म बस्दा (प्रणय दिवस)
- इलाम र काठमाडौं
- डाको छोडी रुन सक्दिन
- तछाड मछाड को किल्ला बाट बाहिर आउदै
- गजल
- ससाना रोचक निबन्धहरू
- मलाई पनि हाँस्न सिकाउ
- तामाङ साहित्य एकेडेमी गठन
- आफ्नै देशमा सुकुम्बासी भएको छु
- अशान्तिको, बीज रोपी, शान्ति खोज्दै, लड्यौं किन ?
- सवाल-जवाफ (गजल) : सक्छौ भने सोध प्रश्न आँखा आँखा जुधाएर
- हो गयी लाल
- जुन फूललाई पानी दियौँ
- एक नजर
- बेलडाँगी सम्झना-बिर्सना
- चेलीको पीडा
- गजल - आफ्ना
- एकलाशमा टोलाएर
- रत्नपार्कको खुट्टाविहिन माग्ने
- देश छाडेर जाऊ
- गहना
- गल्ती छ कि तिम्रो पनि
- सडक छाप अरबे
- गाँस खोज्दैछ जिन्दगी
Post new comment