आजभोलि किन तिमी, धेरै कुरा सुन्छौ अरे
मध्यरात एकान्तमा, मलाई सम्झी रून्छौ अरे ।
दिनभरिको भीडभाड अनि, धेरै साथी भेटे पनि,
एकान्तको तिर्खा मेट्न, मलाई नै चुन्छौ अरे ।
बल्ल–बल्ल लाको माया, विर्सनलाई गाह्रो भयो,
भन्दै तिमी एक्लै अझै, के के कुरा गुन्छौ अरे ।
मिलनको दिन कहिले, आउँछ भन्ने आशा राखी,
अझै पनि मिठा–मिठा, सपनाहरू बुन्छौ अरे ।
कहिलेकाहीँ सपनीमा, छुट्टीएको देख्दा पनि,
विवशलाई सम्झिएर, पागल जस्तै हुन्छौ अरे ।