Skip to content

तिमी बिनाको जीवन

तिमी बिना जसोतसो, जीवन चलेकै छ ।
कृष्णपक्ष अँध्यारोमा जीवन बलेकै छ ।।

गाह्रो हुँदो रैछ साँच्चै, जीवन चलाउन,
भित्र भित्रै खरानी भै, यो मन जलेकै छ ।

अचम्मको हुँदो रैछ, पर्खाइको पीडा,
यसैगरि दिन अनि, रात ढलेकै छ ।

खानु पिउनु छैन मन, अनि रातमा सुत्न,
मस्तिष्कलाई पिडा मात्रै, शरीर गलेकै छ ।

दैब पनि छैनन् क्यारे, मेरो साथ दिन,
भाग्यले नि विवशलाई, सधैं छलेकै छ ।

4 thoughts on “तिमी बिनाको जीवन”

  1. Bipul
    बधाइ छ हरि जी ।

    Bipul

    बधाइ छ हरि जी । उत्कृष्ट गजल पस्कनुभएको छ । साँच्चै भन्नुपर्दा गजल गजल मात्र नभएर एउटा मिठो भाव बोकेको कथा बोकेको छ । फेरि पनि यस्तै गजलहरू पस्किनुहुनेछ भन्ने मैले आशा लिएको छु ।

    ktm, Nepal

    1. धन्यवाद विपुल जी यहाँको
      धन्यवाद विपुल जी यहाँको उत्साहजनक कमेन्टका लागि

      हरि मानन्धर “विवश”
      क्याक्मी -९, स्याङ्ग्जा
      हाल इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *