Skip to content

बिहेको कुरा चलाई दिनु

  • by


अरुको नासो चिनो सबै जलाई दिनु
चोखो मन मुटु मिनाजी मलाई दिनु

माग्दिन सुमेरु पर्बत हजुरलाई
अन्धाकारमा मनको दियो बलाई दिनु

हजुरलाई नै मैले लमी माने मेरो
केटी खोजी बिहेको कुरा चलाई दिनु

कति बाँचु काकाकुल मरुभूमिबीच
मधुमास झै जिन्दगीमा पलाई दिनु

यदि खिलाफीदेखि झोक चल्यो भने
खुकुरीले छप्काएर ढलाई दिनु

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *